देउवा असफल सभापति हुन् – प्रकाशमान सिङ (भिडियो)

काठमाडौं: नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवालाई असफल सभापति बताएका छन् ।कांग्रेस पुर्व महामन्त्रीसमेत रहेका सभापति पदका उम्मेदवार सिंहले देउवा असफल भएका कारण आफुले उहालाई परिवर्तन गर्ने भनेको बताएका हुन् ।
केहिदिन पहिले प्राइम टेलिभिजनसंगको कुराकानी क्रममा सिंहले दिएको अभिव्यक्ति यतिबेला सामाजिक संजालमा फैलिएको छ । सभापतिमा दावी गर्दै उम्मेदारी दिएका सिंहले दोश्रो चरणमा देउवालाई सघाउने निर्णय गरेसँगै सामाजिकसंजाल तातेको हो ।
नेपाली कांग्रेसका निष्ठावान तथा त्यागी सन्तनेता गणेशमान सिंगका पुत्रसमेत रहेका उनलाई पिताको विरासतकै कारण पनि धेरैले उनको उम्मेदवारी र चट्टानी अडानलाई सकारात्मक रुपमा लिएका थिए । उनले दोस्रो चरणको प्रतिस्पर्धामा पुगेका डा. शेखर कोइरालाई सघाउने आंकलन धेरैले गरेपनि त्यो अड्कलले फेल खाएको छ ।
प्राइम टेलिभिजनमा जनता जान्न चाहन्छन कार्यक्रममा ऋषि धमलासँगको अन्तर्वार्ताका क्रममा सिंहले कांग्रेस सभापति देउवाको कार्यशैलीमाथि प्रश्न उठाएका थिए । दुवा असफल भएका कारण उहालाई परिवर्तन गर्न आफुले उम्मेदवारी दिएको उनले बताएका थिए ।
उनले भनेका छन् – “१३ औ महाधिवेशन पछि २ महिना भित्र विभागहरु गठन गर्नुपर्छ भनेर विधानले निर्देशित गरेको कुरा उहाँले गर्नु भयो ? २ महिनाको के कुरा गर्नुहुन्छ ? २ वर्षमा पनि गरेन ४ वर्षमा पनि गरेन । एक बर्षको म्याद थपेर तिथिमिति तोकिसकेपछि विभागहरु गठन गरेको होइन ? त्यसमा हामीले बिरोध गर्दागर्दै पनि जबर्जस्ती गरेको होइन? उहाँले न महाधिवेशन समयमा गर्न सक्नु भयो म्याद चै गुज्रिसकेकोछ तै पनि मिति परिवर्तन गर्दा गर्दा यो हालतमा पार्टीलाई पुर्याएर अहिले अधिबेशन भइरहेको छ । ”
त्यसो भए शेरबहादुर देउवा असफल सभापति हो भन्ने धमलाको प्रश्मा सिंह थप्छन “उहाँलाई परिवर्तन गर्नु पर्छा मैले किन भन्या असफल भएर त हो नि । सफल भएको भएता म उहाँलाई नै फेरी राख्थे नि । हेर्नुस भिडियो