यसरी गराइएकाे थियाे २२ जनाको सामूहिक ह'त्या

यसरी गराइएकाे थियाे २२ जनाको सामूहिक ह’त्या

0 Shares

दिनको २ बजे नेपाली कांग्रेससँग सम्बद्ध स्थानीय नेताहरु श्रीनारायण सिंहको घरमा पुग्छन्। ऐतिहासिक संविधानसभाको चुनावको अघिल्लो दिन थियो– त्यो दिन। उनीहरुले सिंहका छोरा त्रिलोकप्रताप सिहलाई ‘नेताजीले बोलाउनुभएको छ’ भन्दै चुनावको प्रचारप्रसारमा सलग्न हुन भन्छन्। ती नेताजी अरु कोही नभई काग्रेस नेता मोहम्मद आफताव आलम हुन्।

श्रीनारायणका लागि, जो अहिले ७० वर्ष नाघिसकेका छन्, आफ्नो २२ वर्षीय छोरालाई चुनावी अ’भियानमा सं’लग्न गराउने निर्णय गर्न सजिलो थिएन। उनी अ’न्योलमा थिए। चुनावका लागि केही घण्टा मात्र बाँकी थियो। स्थानीय कांग्रेस नेतृत्व मतदातालाई आकर्षित गर्न भरमग्दुर प्रयासमा थियो। सुरुमा उनले छोरो त्रिलोकलाई चुनावमा सं’लग्न गराउन आ’नाकानी गरे पनि कांग्रेस नेता आलमकै जो’डबलमा अन्ततः चुनाव प्रचारप्रसार टिममा सहभागी हुने अ’नुमति दिए। यसरी आलमकै ‘दबाबमा गाउँमा पिन्टु भनेर चिनिने त्रिलोकप्रताप चुनावी प्रचारप्रसारमा सहभागी भए।

त्रिलोकका पिता श्रीनारायणलाई धेरैपछि मात्र थाहा भयो कि उनका छोरालाई चुनावी बुथहरु र प्रतिपक्षी उम्मेदवारका घरमा ब’म बि’स्फोट गर्ने अभिप्रायले ब’म बोक्ने कामका लागि प्रचासप्रसार टिममा समावेश गराइएको रहेछ। ब’म बि’स्फोट गराएर मतदातामा ड’र पैदा गर्ने र बुथ क’ब्जा गर्ने नि’यत आलमको थियो।

ब’म बनाउने काम स्थानीय शेख इन्डियासको गोठमा गरिएको थियो। पिन्टुसहित अर्का युवा ओसी अख्तरलाई यो काममा सं’लग्न गराइएको थियो। त्यो टिममा सहभागी भएपछि त्रिलोकसँगै अख्तर पनि कहिल्यै घर फर्केनन्।

त्यस दिन साँझ ढिलोसम्म छोराहरु घर नफ’र्केपछि उनीहरुको सोधखोज भएको थियो। धेरै प्रयास गरिए पनि कुनै जानकारी प्राप्त हुन सकेन। त्रिलोकका परिवारको चि’न्ता त्यतिबेला झन् बढ्यो जतिबेला गाउँलेले त्यही रात ब’म बि’स्फोटको ठूलो आवाज सुनेको बताए। स्थानीयका अनुसार त्यो बि’स्फोट निकै श’क्तिशाली थियो। बि’स्फोटको सूचना पाएपछि छिमेकी लिएर राजपुर फरदवा पुगेका थिए श्रीनारायण। घ’टनास्थल गाउँबाट दुई कोेष टाढा थियो। उनीहरु घ’टनास्थलनजिक पुगे। त्यतिबेलाका प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने (जो पछि टीकापुर झडपमा मा’रिए) लगायत सशस्त्र प्रहरीका जवान कुनै पनि अ’परिचितलाई उक्त गाउँ पस्न नदिने उद्देश्यले तैनाथ थिए। उक्त गाउँमा रहेको इँटाभट्टामा बि’स्फोटमा मारिएका र घाइतेलाई जलाइएको आ’शंका थियो। यसकाे विस्तृत खबर आजको नागरिक दैनिकमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *