विमोचना लम्जेल भ्वाइसको नक आउटमा पुगिन् - भिडियो

विमोचना लम्जेल भ्वाइसको नक आउटमा पुगिन् – भिडियो

0 Shares

चर्चित गायन रियालिटि शो द भ्वाइस अफ नेपाल सिजन २ मा दार्जिलिङ बाट आएकी विमोचना लम्जेलले नक आउट राउण्डमा प्रबेस गरेकी छिन । ब्याटलमा प्रवेश खतिवडासंग  ‘मखमली  पछ्यौरीमा सानु’ गाएकी विमोचना नक् आउट चरणमा पुगेकी छिन ।

विमोचनाले ब्लाइन्ड अडिसन आफ्नै आमाको स्वरमा सजिएको “भैंसी लड्यो है माया” बोलको कालजयी गीत गाएर चर्चामा आएकी थिइन् ।  उनले ब्याटल राउन्डमा पनि सबैको मन जितेर अगाडि बढेकी छिन् ।  ब्लाइन्ड अडिसनमा चार जनै कोचलाई आफुतिर फर्काउन सफल भएका प्रवेश र विमोचनालाई ब्याटलमा  ‘मखमली  पछ्यौरीमा सानु’ बोलको चर्चित गीत दिईएको थियो । डेजी बराइली र चन्दन लिम्जेलसंग को कुराकानी हेर्नुहोस

विमोचनाले अडिसनमा गाएको  गीत उनकी आमा डेजी बराईलीले आज भन्दा ४४ बर्ष अगाडी गाएकी थिईन् । बराईलीले उक्त गित १६ बर्षको हुदा स्कुलकै युनिफर्म लगाएर रत्न रेकडिङ् सस्थानमा रेकर्ड गराएको सो गित त्यो बेलाको लोकप्रिय गित थियो । जुन अहिलेको युवापुस्ता माझ पनि लोकप्रिय रहन सफल भएको छ ।
हेर्नुस भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *