चीनले के- के दियो नेपाललाई ?

चीनले के- के दियो नेपाललाई ?

0 Shares

चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल चीनको सीमा जोडिएका हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने बताएका छन्। राष्ट्रपति विद्य‌ादेवी भण्डारीले होटेल सोल्टीमा आयोजना गरेको स्टेट डिनरमा सहभागी हुँदै उनले चीनले नेपाल जोड्ने रेलमार्गलाइ उच्च प्राथमिकतामा राखेको बताएका हुन् । उनले भने, ‘नेपाल–चीन सम्बन्धमा कुनै समस्या छैन, हामीबीच मित्रताको सम्बन्ध गहिरो छ।’

उनले नेपाल र चीनको राजनीतिक सम्बन्ध थप बलियो बन्‍नेमा आफू विश्‍वस्त रहेको बताए। उनले भने, ‘जलवायुबारे चीनले नेपालकाे चासोको समर्थन गर्छ र हिमालय क्षेत्रको रक्षामा समेत सहयोग गर्ने तत्परता देखाउँछ।’

यसअघि राष्ट्रपति भवन शीतल निवासमा भएकाे भेटवार्तामा नेपाल–चीन सम्बन्धका विषयमा छलफल भएको थियाे। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताले केरुङदेखि काठमाडौँ हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको देख्न चाहेको बताएकी थिइन्।

राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी शनिबार अपराह्न नेपालको दुई दिने राजकीय भ्रमणमा भारतकाे चेन्‍नइबाट सिधै काठमाडौँ आएका हुन्।तस्बिर रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *