'हतारमा लतार' पाेलमा तस्वीर टाँस्दा यस्ताे लापर'बाही

‘हतारमा लतार’ पाेलमा तस्वीर टाँस्दा यस्ताे लापर’बाही

83 Shares

आज भारत हुँदै नेपाल भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतमा सडकहरु चिटिक्क पारिएका छन् । ठाउँठाउँमा ब्यानर र स्वागतद्वार अनि आकर्षक नारा । अनि मूल सडकका दायाँबायाँ खम्बाहरुमा नेपाल र चीनका राष्ट्रपतिको तस्वीर क्रमैसँग टाँगिएका छन् । तर कतिपय ठाउँमा निकै लापर’बाहीपूर्वक यस्ता तस्वीर टाँसिएको देखियो ।

राष्ट्पति कार्यालयको गटै अघिल्ति हर्ननिषेधको संकेत बोर्डले राष्ट्रपति विद्यादेवी भण्डारीको पूरै अनुहार छोपिनेगरी टाँगिएको छ । अलि माथि सारेर प्रस्ट देखिनेगरी मिलाएर टाँग्न सकिन्थ्यो । अन्य विभिन्न ठाउँमा पनि यसैगरी लापर’बाहीपूर्वक सडक संकेतका लागि राखिएका बाेर्डहरूले अनुहारै छाेपिने गरी राखिएकाे छ । कतैकतै भने कुरूप बिजुलीका लट्टामुनि टाँगिएका तस्वीरहरु सामाजिक सञ्जालमा छ्यापछ्याप्ती देखिएका छन् ।

राष्ट्रपति कार्यालय महाराजगञ्जदेखि पानीपाेखरी हुँदै उता लैनचाैर जाने सडककाे दायाँबायाँ आज बिहान हतारहतार यस्ता तस्वीर टाँगिरहेकाे देखियाे । हतारकाे काम तर बे’पर्वाह । याे समाचार न्युज २४ मा प्रकाशित छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *