बधाई ! फेरि करन केसीले जिताए नेपाललाई

बधाई ! फेरि करन केसीले जिताए नेपाललाई

0 Shares

पाँच देशको सहभागिता रहेको टी २० क्रिकेट सिरीजमा नेपालले दाेस्राे जित हात पारेकाे छ । हंगकंगलाइ पराजित गर्दै विजयी सुरुवात गरेकाे नेपालले दाेस्राे खेलमा नेदरल्याण्ड्सलाइ ४ विकेटले पराजीत गरेकाे हाे । नेदरल्याण्ड्सले दिएकाे एक सय ३४ रनको लक्ष्य नेपालले ६ विकेट गुमाएर १ बल अघि नै पुरा गरेकाे हाे । नेपालकाे जितमा करन केसीले महत्वपुर्ण पारी खेले ।

अन्तिम ओभरमा आवश्यक १७ रन बनाउँदै नेपालले विजय हासिल गरेको हो । शेन स्नाटरको बलमा निरन्तर बाउन्ड्री प्रहार गरेका केसीले नेपाललाई जिताएका हुन् । योसँगै ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी क्रिकेट सिरीजको आफ्नो दोस्रो खेलमा नेपालले जितेको हो ।

पहिलो विकेटका लागि पवन सराफ नौ रनमा आउट भएपछि आरिफ शेख दुई रनमा पेभेलियन फर्किएप । त्यसपछि दिपेन्द्र ऐरी पनि सस्तैमा आउट भए । नेपालको पारीमा राम्रो योगदान गरिरहेका कप्तान पारस खड्का ब्यक्तिगत ३३ रनमा आउट भएपछि नेपालले ७४ रनमा चौथो विकेट खेर फाल्यो । रोहित कुमार पौडेल स्कोर ९३ रन हुदाँ उनी ५ रनमा आउट भए । विनोद भण्डारी दुई पटक जीवनदान पाउँदापनि २६ रनमा आउट भए ।

ओमान क्रिकेट संघका टर्फ मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको डच टिमले १९ ओभर तीन बलमा एक सय ३३ रनमा अलआउट भयो । नेपालले दोस्रो ओभरमा नै विकेट लिन सफल भएको छ । नेपालका लागि सन्दिप लामिछानेले पहिलो सफलता दिलाए । टिमको दोस्रो ओभर लिएर आएका सन्दिपले पहिलो बलमा नै टोबीस भासीलाई आउट गरे ।

त्यसपछि डच टिमको स्कोर ५० रन हुँदा नेपालले दोस्रो सफलता हात पार्यो । नेपालका लागि करण केसीले दोस्रो विकेट लिए । उनले एन्टोनीयो स्टारलाई २१ रनमा आउट गरे । तेस्र्र्रो विकेटका लागि म्याक्स डोउड र अकेरम्यान विच ४७ रनको साझेदारी भएको थियो । तर त्यो साझेदारीलाई ललित राजवंशीले तोड्न सफल भए । उनले अकेरम्यानलाई २९ रनमा बोल्ड गरे । जसका कारण नेपालले ९७ रनमा तेस्रो विकेट लिन सफल भयो ।

त्यसको केहि बेरमा नेपालले चौथो विकेट लियो । नेपालका लागि सन्दिप लामिछानेले ब्यक्तिगत दोस्रो विकेट लिए । उनले ओपनर म्याक्सलाई ४३ रनमा आउट गरे । जसका कारण नेदरल्याण्ड्सले एक सय चार रनमा चौथो विकेट खेर फाल्यो । त्यसको लगत्तै नेपालले पाँचौ विकेट लियो । नेपालका लागि करण केसीले ब्यक्तिगत दोस्रो विकेट लिन सफल भए । कप्तान पिटर सेलार चार रनमा आउट भए ।

नेदरल्याण्ड विरुद्ध नेपाली बलर सन्दिपले उत्कृष्ट प्रदर्शन गर्न सफल भए । उसको स्कोर एक सय १८ रन हुँदा सन्दिपले ब्यक्तिगत तेस्रो तथा टिमका लागि छैटौ विकेट लिए । उनले रे भान देर मेर्वीलाई मात्र सात रनमा पेभेलियन फर्काए । सेन स्टानेर खाता खोल्न नपाउँदै आउट भए । त्यसपछि काल्सेनलाई करण केसीले चार रनमा रनआउट गरेपनि नेदरल्याण्ड्सले आठौ विकेट लिन सफल भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *