चीनका राष्ट्रपति आउने भएपछि रातारात काठमाडाैँमा उम्रिए रुख

चीनका राष्ट्रपति आउने भएपछि रातारात काठमाडाैँमा उम्रिए रुख

0 Shares

चीनका राष्ट्रपति नेपाल भ्रमणमा आउने भएपछि काठमाडाैँका सडक र पार्क देखाउनैका लागि भए पनि रातारात सिँगारिँदै छन् ।
लामाे समय अस्तव्यस्त छाडिएकाे तीनकुनेस्थित बाँझाे जग्गामा रातारात बिरूवा राेपेर हरियाली बनाइँदै छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणको पूर्व सन्ध्यामा काठमाडौंमा सडकका खाल्डाखुल्डी टाल्ने, छाेप्नेदेखि लिएर हरियाली बनाउने काम जारी छ । साथै पेटीमा रङराेगन र जेब्राक्रसिङ पनि टल्काइएका छन् ।

तीनकुनेकाे बाँझाे चाैरलाइ पार्क बनाउने भनेर वर्षौंसम्म अलपत्र पारिएको थियाे । गत वर्ष काठमाडाैँमा बिम्स्टेक सम्मेलन हुँदा भने फ्लेक्सले बारेर याे चाैर छोपिएकाे थियाे । तर यसपाली भने रातारात कृत्रिम बगैँचा बनाएर हरियाली देखाउन खाेजिएकाे छ ।

त्यहाँ दुबाे राेप्नेदेखि डिल बनाएर हरिया विरूवा र फूलहरू राेप्नेसम्मका काम रातदिन नभनी गरिँदै छ । सडक छेउछाउ हरिया विरुवाहरु रोपिएका छन् भने भित्रकाे चाैरमा दुबो उमारिँदैछ । विदेशी पाहुनाकाे नजरमा राम्राे देखिनकै लागि हुने यस्ता हतारका विकास निर्माण कार्य कत्तिकाे दिगाे र व्यवस्थित हाेलान्, हेर्न बाँकी छ । राष्ट्रपति जिनपिङ यही असाेज २७/२८ गते काठमाडाैँ आउने कार्यक्रम छ । न्युज २४ मा याे समाचार प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *