ब्रेकिङ्ग: अन्तः रोशनिद्वारा महरामाथी बल'त्कारको मु'द्दा द'र्ता

ब्रेकिङ्ग: अन्तः रोशनिद्वारा महरामाथी बल’त्कारको मु’द्दा द’र्ता

0 Shares

यौ’न दू’राचारको आ’रोप लागेपछि सभामुख पदबाट रा’जीनामा दिएका कृष्णबहादुर महराविरुद्ध जब’रजस्ती क’रणी उद्योगको उ’जुरी दर्ता भएको छ । पी’डित भनिएकी महिलाले महरावि’रुद्ध नयाँ बानेश्वर प्रहरी वृत्तमा जबर’जस्ती क’रणी उद्योगमा उ’जुरी दिएकी हुन् ।

स्रोतका अनुसार पी’डित महिला रोशनी शाहीले शुक्रबार कि’टानी जा’हेरी दिएकी हुन् । गत आइतबार राति महराले आफूलाई ब’लात्कार गरेको भन्दै मिडियामा आएकी शाहीले भोलिपल्ट भने त्यस्तो केही नभएको बताएकी थिइन् । उनले महरा आफ्नो कोठामै नआएको दाबी गरेकी थिइन् । स्रोतका अनुसार घ’टना भएको छैटौं दिन बानेश्वर प्रहरी वृत्तमा भएको लामो छलफलपछि उ’जुरी दर्ता भएको हो । प्रहरीले गरेको प्राविधिक अनु’सन्धानमा महरा आइतबार रोशनीको कोठामा देखिएको पु’ष्टि भएको छ ।

यसअघि रोशनी र उनका श्रीमानले अगल–अलग बस्ने भन्दै सम्बन्ध वि’च्छेदको प्रक्रिया सुरु गरेको समेत बताएका थिए । उच्च प्रहरी स्रोतले भन्यो, ‘‘रोशनी र उनका श्रीमान् दुवै आएर बिहीबार उ’जुरी दिएर गएका छन् । बिहीबार नै रोशनीको त्रिवि शिक्षण अस्प’तालमा मे’डिकल प’रीक्षण समेत गरिएको छ ।’’

आफूमाथि बला’त्कार आ’रोप लागेपछि महराले सोमबार संघीय संसदको सभामुख पदबाट रा’जीनामा दिएका थिए । महराले आफू रोशनीको कोठामा नगएको दा’बी गर्दै आएका छन् । एक प्रहरी अधिकारीले भने, ‘‘आइतबार साँझ चार बजे महराले रोशनीसँग पहिलो टेलिफोन सम्पर्क गरेका थिए । त्यसपछि उनी साँझ कोठामा पुगे । उनी कोठामा गएदेखि निवासमा फर्किएसम्मको सबै सी’सीटीभी फुटेज प्रहरीसँग सुरक्षित छ ।’’

आइतबार राति नै पीडित महिलाले महराले बला’त्कार गरेको भन्दै प्रहरीमा खबर गरेकी थिइन् । खबरलगत्तै महानगरीय प्रहरी वृ’त्तका डीएसपी नेतृत्वको टोली घट’नास्थलमा पुगेको थियो । प्रहरी टोली पुग्दा महरा भने त्यहाँ थिएनन् । प्रहरीले घट’नास्थलबाट रक्सी’को बोतल, फु’टेको चस्माको सिसा, जुत्ताको तलुवा बरामद गरेको थियो ।

गृहमन्त्रीले भने– अ’नुसन्धान गर्नुस्, ड’राउनु पर्दैन
महरामाथि अनु’सन्धान गर्न चौतर्फी दबाब बढेपछि शुक्रबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आईजीपीसहितको बैठक बोलाएका थिए । नगर प्रहरीको कार्यालयमा भएको बैठकमा गृहमन्त्रीसहित आईजीपी सर्वेन्द्र खनाल, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी शैलेश थापा क्षेत्री, परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदी र वृत्त नयाँ बानेश्वरका डीएसपी दुर्गाराज रेग्मी उपस्थित थिए ।

सोही बैठकमा गृहमन्त्री थापाले महरा प्र’करणबारेको रि’पोर्टिङ प्रहरी अधिकारीहरुसँग मागेका थिए । बैठकमा सहभागी एक अधिकारीले भने, ‘‘गृहमन्त्रीज्यूले अनु’सन्धान प्रक्रियामा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभयो । नि’ष्पक्ष अनु’सन्धान गर्नुस्, कसैसँग डराउनु पर्दैन भन्नुभएको छ ।’’ गृहमन्त्री थापाले आफ्नो भाइलाई प्रहरीले प’क्राउ गर्दासमेत द’बाब नदिएको भन्दै नि’र्धक्क भएर अनु’सन्धान गर्न नि’र्देशन दिएको बताइएको छ । बिहान बैठक भएको र दिउँसो रोशनी आफ्ना श्रीमान चित्रजंग शाहीसहित वृ’त्त नयाँ बानेश्वरमा पुगेको स्रोत बताउँछ ।

प्रहरी अधिकारीका अनुसार रोशनीले उ’जुरी द’र्ता गराएपछि प्रहरीले महरालाई पक्रा’उ गर्ने तयारी गरेको छ । उच्च प्रहरी स्रोतले भन्यो, ‘‘आइतबार (भोलि) अदा’लतबाट प’क्राउ पु’र्जी लिने हाम्रो तयारी छ । पी’डितको जा’हेरी आइसकेकाले प’क्राउ गरेरै अनु’सन्धान प्रक्रिया अगाडि बढ्छ ।’’  deshbideshkhabar.com बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *