भारत र चीनका सेना बिच झडप

भारत र चीनका सेना बिच झडप

0 Shares

एजेन्सी :भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच दोस्रो औपचारिक शिखर वार्ताको तयारी भइरहेका हुदा भारत र चीन बीच झडप भएको छ । भारत र चीन सीमाक्षेत्र लद्दाखमा गस्तीमा रहेका सैनिकबीच झडप भएको छ ।दुई देशका बुधबार दिनभर झडप चलेको भारतीय सञ्चार माध्यमले बताए ।

१३४ किलोमिटर लामो उक्त तालकोे उत्तरी किनार नजिक चीन र भारतबीचको ‘लाइन अफ एक्चुअल कन्ट्रोल’ (एलएसी) क्षेत्रमा झडप भएको थियो । तालको दुई तिहाई हिस्सा चीनको नियन्त्रणमा रहेको छ । भारत र चीन देशका सैनिक अधिकारीहरुको प्रतिनिधि मण्डलबीचको छलफल पश्चात् तनाव साम्य भएको थियो । भारतीय प्रधानमन्त्री मोदी र चीनियाँ राष्ट्रपति सीबीच आगामी अक्टोबर १०–१२ मा दक्षिण भारतीय शहर चेन्नई नजिकको ऐतिहासिक नगरी मामल्लापुरममा हुने बताइएको थिए । भारत र चीन सिमा विवाद र व्यापारका विषयमा कुराकानी हुने भारतीय सञ्चारमाध्यमले जानकारी दिनु भएको थियो।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार गस्तीमा रहेका भारतीय सैनिकहरुको उपस्थितिलाई लिएर त्यहाँ रहेका चीनियाँ सैनिकहरुले आपत्ति जनाएपछि विवाद उत्पन्न भएको हो र दुई देश का सैनिक बिच झडप भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *