‘विप्लव’ पुत्र प्रकाश लगायत १५ जना प'क्राउ, तुरुन्त रिहा गर्न माग

‘विप्लव’ पुत्र प्रकाश लगायत १५ जना प’क्राउ, तुरुन्त रिहा गर्न माग

0 Shares

काठमाडौं : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघले केन्द्रीय महासचिव तथा चिकित्सा शिक्षा संघर्ष समितिका केन्द्रीय संयोजक प्रकाश चन्दलगायत १५ जनालाई चितवन प्रहरीले २०७६ भदौ २५ गते विहान ९ बजे चितवन मेडिकल कलेजबाट गिर’फ्तार गरेको घटनाको घो’र आप’त्ति र भ’त्र्सना गरेको छ ।

अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका अध्यक्ष टीकाप्रसाद कडेलले बुधबार एक विज्ञप्ति निकाली प्रकाश चन्दको संयोजकत्वमा गठन गरिएको संघर्ष समितिले विगत १५ दिनदेखि चिकित्सा शिक्षामा सुधार हुनुपर्ने, मा’फियाकरण बन्द हुनुपर्ने, जनताका छोरा छोरीहरुले सहज र सुलभ रुपमा चिकित्सा शिक्षा समयानुसार गुणात्मक सुधार गरिनुपर्ने तथा चिकित्सा शिक्षा सर्वसाधारण जनताको पहुँचमा हुनुपर्ने जस्ता समय सापेक्ष मागहरु राखी देशैभरी आ’न्दोलित भइरहेकोमा दुई तिहाईको सरकारले धरपकड बन्द गरी गि’रफ्तार महासचिव लगायत सम्पूर्णको सम्मान जनक रि’हाइको साथै झ’डपमा परी घाइते भएकाहरुको निःशुल्क उपचारको व्यवस्था गर्न जोडदार माग गर्दै मागहरु पूरा नगरे महासंघ उच्च स्तरको संघ’र्ष सञ्चालन गर्न बाध्य हुने चेताव’नी दिएका छन् ।

हेर्नुस् विज्ञप्तिकाे पूर्णपाठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *