सेयर गरौ ! डेंगुकाे संक्रमणबाट बच्न चिकित्सककाे सुझाव यस्ताे छ

सेयर गरौ ! डेंगुकाे संक्रमणबाट बच्न चिकित्सककाे सुझाव यस्ताे छ

0 Shares

जताततै देशैभरी डेंगुकाे संक्र’मण बढ्न थालेपछि त्यसबाट बच्न चिकित्सकहरुले सुझाव दिएका छन् । डेंगु राेग लाग्नै नदिन र लागिहाले त्यसबाट सहजै बच्न चिकित्सकहरुले समयमा नै उपचार सुझव दिएका हुन् । डेंगुको प्र’कोप एक्कासी बढ्दा सर्वसाधरणमा त्रा’स फैलिएकाे छ । तर समयमा नै उपचार गरे याे रो’गको जोखिमबाट पूर्ण रूपमा बच्न सकिने भएकाले त्रा’स नमान्न र डेंगुको लक्षण देखिना साथ समयमा नै अस्पताल गएर उपचार गर्न चिकित्सकको सुझाव हुन् ।

सरुवा रो’ग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले डेंगु हुँदैमा आ’त्तिन नपर्ने बताए । डाक्टर पुनले डेंगुकाे लक्षण देख्नासाथ अस्पताल पुगेर परि’क्षण गरी औष’धि सेवन गरे यो रोग सहज रूपमा निको हुने बताए । उनले भने, ‘शरीरका जोर्नीहरूको दुखाइ अत्यधिक हुन्छ । ८/१० दिनसम्म पीडा हुन्छ, धेरैजसो संक्र’मित हुने मात्रै हो । तर, आ’त्तिनुपर्दैन ।’ डाक्टर पुनका अनुसार डेंगु संक्र’मण गराउने लामखुट्टे बिहान ९ देखि १२ र दिउँसो ३ देखि ७ को बीचमा मात्रै बढी सक्रिय हुन्छ ।

यस्ता लक्षण देखिएमा हुनसक्छ डेंगु
–ज्वरो आउने, –आँखाको गेडी दुख्ने, –शरीरमा डाबर आउने, –बेस्सरी टाउको दुख्ने, –अरुचि हुने, –पेट तथा आन्द्रामा गडबडी हुने, –जोर्नी तथा मांसपेशी बेस्सरी दुख्ने ।

यसरी बच्न सकिन्छ डेंगुबाट
–लामखुट्टेको टोकाइबाट जोगिनु, –झ्याल तथा ढोकामा जाली लगाई बन्द राख्ने, – पूरा शरीर ढाकिने गरी कपडा लगाउने, –राति र दिउँसो पनि झुलभित्र सुत्ने कसरी सर्छ ? डेंगु ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगुको भाइरसबाट संक्रमित लामखुट्टेको टोकाइले यो रोग सार्छ । यो लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्छ । बर्सातको समयमा सुरु भएपछि डेंगु ज्वरोको प्रकोप बढ्न थाल्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *