भद्रगोल बन्यो नयाँ भद्रगोल, लाइक भन्दा बढी डीसलाइक

भद्रगोल बन्यो नयाँ भद्रगोल, लाइक भन्दा बढी डीसलाइक

0 Shares

नेपाल टेलिभिजनबाट प्रशारण हुने चर्चित हास्य टेलिश्रृंखला भद्रगोल भद्रगोल नै भएको प्रतिक्रिया हेर्ने धेरैले दिएका छन् । सर्वाधिक रुचाइएको हास्य टेलिश्रृंखला भद्रगोल ६ हप्तापछि पुन प्रशारणमा आएको भए पनि दर्शकलाई भने निराश बनाएको छ हास्य टेलिश्रृंखला भद्रगोल ।

कुमार कट्टेल र अर्जुन घिमिरेको निर्देशनमा संचालनमा आइरहेको भद्रगोलबाट पुरानो टिमनै बाहिरिएपछि केहि समय बन्द भएको थियो । ज्योती काफ्ले र अशोक धितालको निर्देशनमा मिडिया हबले नयाँ टिम बनाएर भद्रगोल पुनः सुरू गरेको हो । तर नयाँ टिम सहितको भद्रगोल युट्युब ट्रेन्डीङ्गमा परेपनि भिडियोमा लाइक भन्दा डिसलाइक गर्नेहरु बढी देखिएका छन् ।

यतिबेला यूट्यूवको ट्रेन्डिङ नम्बर छैटौंमा रहेको भद्रगोलको उक्त एपीसोडले झण्डै ८ लाख भ्यूज पाएको छ । तर भिडियोले १८ हजार लाइक पाउदा ३० हजार डीसलाइक पाएको छ । भने करिब १३ हजारले कमेन्ट समेत गरेका छन् । भिडियोमा आएका अधिकाँश कमेन्ट हेर्दा दर्शकले पुरानै टिमलाई पर्खिरहेका छन् ।
यो भिडियो पनि हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *