गुलाबी उमेरमा केकी अधिकारी - भिडियो

गुलाबी उमेरमा केकी अधिकारी – भिडियो

0 Shares

काठमाडाैं : पहिलो आख्यान ‘पानीको घाम’ले पद्यश्री पुरस्कार प्राप्त गरेपछि अमर न्याैपानेलाई लेखककाे रुपमा स्थापित गरायाे । दाेस्राे कृतिकाे रुपमा आएकाे उपन्यास ‘सेतो धरती’ले मदन पुरस्कार प्राप्त गर्न सफल भएपछि प्रमाणित भयाे कि अमर न्याैपाने उम्दा आख्यानकार हुन् । तेस्रो आख्यान ‘करोडौँ कस्तुरी’ले पनि उनलाई अन्तराष्ट्रिय पुरस्कार दिलायाे । यसरी चर्चाकाे शिखर बने उनी र उनका कृति । चर्चासँगै उनले धेरै पाठककाे मन पनि जितिसकेका छन् ।

उनै चर्चित आख्यानकार अमर न्याैपानेकाे चाैथाे सन्तानकाे रुपमा उपन्यास ‘गुलाबी उमेर’ आजै भदाै २१ गते लाेकार्पण भएको छ । कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानकाे डबलीमा शनिबार दिउँसाे साढे ३ बजेतिर साहित्यकार कृष्ण धरावासी, अभिनेत्री केकी अधिकार र लेखक स्वयमकाे हातबाट ‘गुलाबी उमेर’ कृतिकाे लाेकार्पण भएको हो । कृष्ण धरावासी र अभिनेत्री केकी अधिकारी तथा लेखक स्वयमले ‘गुलाबी उमेर’ माथि चर्चा गरेका छन् । उक्त कृति फाइन प्रिन्टले प्रकाशन गरेकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *