नायक रमित ढुंगानाको १८ लाखको दार्ही - भिडियो

नायक रमित ढुंगानाको १८ लाखको दार्ही – भिडियो

0 Shares

नेपाली चलचित्र क्षेत्रमा चर्चित नायक रमित ढुंगाना फेरी एकपटक चलचित्रको भूमिकामा देखिने भएका छन् । कुनै समय नेपाली चलचित्र क्षेत्रमा भिन्नै अभियान, मिलेको सरिरिक बनावट र साच्चिकै सुन्दर रुपले आफ्नो दरिलो प्रभाव जमाउदै दर्शकको मन मनमा बस्न सफल भएका ढुंगाना त्यसपछि लामो समय गुमनाम जस्तै देखिए । लामो समय नेपाली चलचित्रमा नदेखिएका नायक ढुंगानालाई पुनः चलचित्रमा देखिन पाइने भएको हो ।

चलचित्र राजा साहेवको घोसणा कार्यक्रममा नायक ढुंगानाले आफु केहि समय पछि नेपाली चलचित्रमा फर्किएको भएपनि दर्शक, श्रोताको माया भने पहिले जस्तै पाउनेमा विश्वास लिएको बताए । करोडौको लागतमा बन्न लागेको चलचित्र ‘राजा साहेव’का लागि नायक ढुंगानाले १८ लाख पारिश्रमिक लिएको कुरा पनि खुलेको छ । उक्त कार्यक्रममा उनले त्यसैको लागि नै आफुले २ महिना देखि दार्ही पालेको कुरा बताएका  छन ।

आफुले नेपाली चलचित्र क्षेत्रमा संघर्ष गर्दाका दिन सम्झिदै भावुक भएका ढुंगानाले उक्त कार्यक्रममा उपस्थित भएका संचारकर्मीको भिड देखेर आफु नतमस्तक भएको समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *