'बुद्ध नेपालमा जन्मिएका हुन' सबैले सेयर गरौ

‘बुद्ध नेपालमा जन्मिएका हुन’ सबैले सेयर गरौ

0 Shares

शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा धुमधामकासाथ २५६३ औँ बुद्ध जयन्ती मनाइँदैछ । बुद्ध जयन्तीका अवसरमा विभिन्न मुलुकका बौद्ध धर्मालम्बीहरू लुम्बिनी आइपुगेका छन् । लुम्बिनीलाई दुलही झैं सिंगारिएको छ । बुद्ध जयन्ती समारोहमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी कार्यक्रमस्थ पुगेकी छिन् । लुम्बिनी परिषरमा झाकीसहितको र्‍याली निकालिएको छ ।
शुक्रबार नै लुम्बिनी आइपुगेका प्रधानमन्त्री केपी ओलीले बुद्ध जयन्तीका अवसरमा निकालिएको र्‍यालीमा सहभागी भई थाइ बिहारमा भिक्षुहरूलाई चिवर दान गरेका छन । उनले लुम्बिनी परिषरमा २ हजार ६ सय ४३ वटा बिरुवा रोप्ने कार्यक्रमको पनि शुभारम्भ गरे । यसै अवसरमा प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ को राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले उदघाटन गरेका छन् । प्रदेश ५ सरकारले २०७६लाई लुम्बिनी भ्रमण वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।

लुम्बिनी र प्रदेशका विभिन्न धार्मिक, ऐतिहासिक, साँस्कृतिक तथा पुरातात्विक महत्वका क्षेत्रहरूको पहिचान, संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले प्रदेश सरकारले २०७६ लाई लुम्बिनी भ्रमण वर्षको रुपमा मनाउन थालेको हो । बुद्धको महापरिनिर्वाणपछि बुद्ध जयन्ती मनाउन थालेको २५६३ बर्ष पूरा भएको र बुद्धको जन्म त्यसभन्दा ८० बर्ष पहिले भएकाले बुद्धको जन्मको सम्झनास्वरुप २ हजार ६ सय ४३ वटा बिरुवा रोप्ने कार्यक्रम राखिएको लुम्बिनी विकास कोषका सदस्य सचिव सरोज भट्टराईले बलुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भ भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीमा आयोजित कार्यक्रममा पानसमा दियो बालेर शुभारम्भ गरेकी हुन् । २५६३ औँ बुद्ध जयन्ती समारोहमा प्रदेश ५ सरकारले घोषणा गरेको अभियान शुभारम्भ भएको हो । त्यसअघि शनिबार चिटिक्क सिँगारिएको लुम्बिनी पवित्र उद्यानमा विभिन्न कार्यक्रम गरी भव्यरुपमा बुद्धजयन्ती मनाईदैछ । बुद्धजयन्ती मनाउन यहाँ स्वदेश तथा विदेशबाट भिक्षु, भिक्षुणी, उपसक, उपासिका, बौद्ध विद्वान र अध्येता आएका छन् ।

बिहानै ७ बजे मायादेवी मन्दिर मुख्य प्रवेशद्वार महलवारिबाट बाजागाजा सहित निकालिएको शोभा यात्रा पवित्र लुम्बिनी उद्यानमा प्रवेश गरी मायादेवी मन्दिरमा पुजाआजा गरिएको थियो । पुजाआजापछि शोभायात्रा बुद्धजयन्ती मनाउने मुख्य समारोह स्थल नवनिर्मित सभाहलमा पुगेर टुंगिएको थियो ।बुद्धजयन्तीका दिन a}शाख पूणिर्मामा लुम्बिनीमा निक्कै भिडभाड बढेको छ । स्वदेशी र विदेशी पर्यटकले लुम्बिनी भरिभराउ छ । बिहानदेखि नै लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गर्ने दर्शनार्थीको उस्तै घुइँचो लागेको छ । घण्टाबढी लाइनमा उभिएर श्रद्धालुहरू मन्दिर दर्शन गरिरहेका छन् । बुद्धजयन्तीको मुख्य समारोह राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा गरिएको थियो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश ५का मुख्यमन्त्री शङ्कर पोखरेल लगायत सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *