माटाे खन्दा सुने भेटियो, पवित्र बैधनाथ श्रिकोट क्षेत्रको दर्शन गरौ

माटाे खन्दा सुने भेटियो, पवित्र बैधनाथ श्रिकोट क्षेत्रको दर्शन गरौ

0 Shares

धोज बहादुर कुवँर: अछाम जिल्लाको बैद्यनाथ धामको विषयमा स्कन्ध पुराणको मानसखण्डमा विवेचना गरिएको छ । यसको स्वरुप कैलाश मानसरोवरलाई भगवानको शिरको भाग त्यसभन्दा तल खप्तड बैधनाथ बेनीमाधव हुँदै भारतको नैमिषारण्य अयोध्या दुईवटा खुट्टाको रुपमा बिस्तारित छ। यो पुराण कुरा भयो। त्यसपछिको बैजनाथका विषयमा बोल्ने भनेका अभय मल्ल हुन्।

अभय मल्लले बि स १४४० मा भनेका छन् । “सन्सारव्याधि विध्वंस पटियान यत्र बिश्रुत :” श्री बैद्यनाथ गिरिश स्वामी श्रीकोट सत्पुरे।

“संसारको रोगव्याधीको नासगरी निको पार्ने भगवानका विषयमा सुनेको थिएँ । अब थाहा भयो ती भगवान बैधनाथ श्रीकोट नगर नजिकै विराजमान हुनुहुन्छ । सिँजाली महाराज अभय मल्ल पछि सत्रौं शताब्दीमा अछामी राजा भान शाहले केही प्रमाण छोडेर गएका र अठारौं शताब्दीको उत्तरार्द्धमा शाह वंशका राजाहरुले र उनका भाइ भारदारहरूले श्रीकोट र बैधनाथका विषयमा त्यहाँका पीर र पुजारीका नाममा लेखिएका प्रमाणहरु छन् । महाराज अभय मल्लले देखेको बैधनाथ धाम आजको मठ मन्दिर भएको ठाउँ होइन ।

जहाँ लुङ्रेली गाड बुढीगंगा बुढीगंगा संग मिसिएकी छन् । त्यो भागमा एउटा रमणीय थुम्को रहेको थियो । त्यसै थुम्कोमा स्यालले मुखमा पानी लिएर शिवलिङ्गमा चढाइ राखेको दृष्य जाल खेलिरहेका बैजु कुमालले दर्शन पाएका थिए र जलाखर जोशीलाई पनि दर्शन गराएका थिए । बैजु कुमाल द्वारपाल र जलाखर जोशी बैधनाथका पुजारी हुने परम्परा त्यसै बेलादेखि आरम्भ भएको थियो । बैधनाथ अछामका पहिला पिर मण्डप नाथ हुन्, मण्डप नाथ देखि गोवर्धन नाथ सम्म भए गरेका कामको विवरण बैजनाथ क्षेत्र विकास संस्थाले ब्यवस्थित गर्ने प्रयास गरिराखेको छ।

यसै संस्थाको सत्प्रयासले गोरखालीहरूले बैजनाथमा आत्मसमर्पण गर्दाका हातहतियारहरु र केही पुरातात्विक वस्तुहरु बैजनाथ को भण्डार घरमा देख्न सकिन्छ।भर्खरै श्रीकोटमा प्राप्त भएका पुरातात्त्विक वस्तुहरूको विषयले हाम्रो क्षेत्रका लागि एउटा संग्रहालयको आवश्यकता औंल्याएको छ । हाल कायम रहेको बैजनाथ धाम को भण्डार घरलाई आजको विधि र प्रबिधि प्रयोग गरी यहाँको इतिहास र संस्कृतिको सम्बर्धन गर्नसके पर्यटकीय विकासमा टेवा पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *