डा. भट्टराई र उपेन्द्र यादवबिच पार्टी एकता अाज

डा. भट्टराई र उपेन्द्र यादवबिच पार्टी एकता अाज

0 Shares

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच अाज एकीकरण हुँदैछ । परम्परावादी नेकपा र नेपाली कांगे्रसले मुलुकको हित नगर्ने दावी गदै दुवै पार्टीका नेताले एकीकरणपछि बन्ने शक्तिशाली पार्टीले समाजवादी धारको नेतृत्व गर्ने दावी गरेका छन् । यद्यपी नयाँ बन्ने पार्टीको समाजवादी धार लोकतान्त्रिक हुने हो कि वामपन्थी भन्ने स्पष्ट भइसकेको छैन । सोमबार घोषणा गरिने ‘समाजवादी पार्टी नेपाल’को संघीय परिषद्को नेतृत्व बाबुराम भट्टराई र केन्द्रीय समितिको नेतृत्व उपेन्द्र यादवले नेतृत्व गर्नेछन् । संघीय संसदको तेस्रो शक्ति हुने सो पार्टीले मुलुको आर्थिक विकास र समृद्धिका लागि समाजवादी धारको नेतृत्व गर्ने नेताहरुको दावी छ ।

दुई दलको एकीकरणमा केही विरोधाभाष भने छन् । सत्तारुढ संघीय फोरम र विपक्षमा रहेको नयाँ शक्तिको एकीकरण पछि बन्ने ‘समाजवादी पार्टी’ सरकारका रहन्छ कि बाहिरिन्छ भन्ने स्वभाविक प्रश्न छ । नेताहरुका अनुसार पार्टी घोषणा सभामा माग पूरा गर्न भन्दै नयाँ पार्टीले सरकारलाई केही समयको ‘अल्टिमेटम’ दिने छ । यसको अर्थ थोरै समय भए पनि भट्टराई सत्तारुढ दलका नेता हुने छन् । समाजवादी धार समाउने भनिएको पार्टीले प्रजातान्त्रिक समाजवादको पृष्ठपोषण गर्ने छ कि वामपन्थी समाजवादको भन्ने प्रश्न अनुत्तरित त छ । नयाँ शक्तितर्फका नेता पार्टी एकीकरण हुनु नै महत्वपूर्ण रहेको भन्दै विचार र संगठनात्मक प्रश्नहरु क्रमशः हल गर्दै जाने बताउँछन् ।

मधेस आन्दोलनका क्रममा उदाएको तत्कालिन मधेसी जनाधिकार फोरम तत्कालिन एमालेबाट विभाजित भएर बनेको संघीय समाजवादीबीच २०७२ असारमा एकता भई संघीय समाजवादी फोरम नेपाल बनेको थियो । जसको चार वर्ष हुन लाग्दा फोरमले नयाँ शक्तिलाई भित्र्याएर ‘पहाडी’ पहुँच बढाउन खोजेको छ । तर, मधेस मामिलाका जानकार नेकपाका असन्तुष्ट पूर्वएमाले र पूर्वमाओवादी माओवादीलाई आर्कषित गरेर सत्ता राजनीतिमा हावी हुन सकिने अनुमानका आधारमा दुई पार्टी एक भएको तर्क गर्छन् ।

सोमबार घोषणा हुने एकीकृत पार्टीको राष्ट्रिय परिषद् १ हजार, केन्द्रीय समिति ४ सय ३१ र पदाधिकारी २५ सदस्यीय हुने छ । महाधिवेशन नहुँदासम्म दुवै पार्टीका पदाधिकारी र सदस्य एकीकृत पार्टीमा पनि सोही पदमा रहने छन् । वामपन्थी विचारबाटै राजनीतिक यात्रा सुरु गरेका भट्टराई र यादव अहिले भने आफूलाई वामपन्थी भन्दा ‘समाजवादी’ भन्न रुचाउँछन् । र, त्यसैले उनीहरुको एकता जुराएको एकाथरीको भनाइ छ । News 24 बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *