हटाइयाे टिक–टक एप, अब के गर्लान भाइरल भएकाहरू

हटाइयाे टिक–टक एप, अब के गर्लान भाइरल भएकाहरू

427 Shares

सामाजिक संजालका बिभिन्न माध्यमहरूकाे प्रयाेगले कतिपय अवस्थामा नकारात्मक प्रभाव समेत परिरहेकाे बताइन्छ । त्यसैले पनि बिभिन्न साेसल किडियाका साथै केही खेलहरूमा प्रतिबन्ध लगाउनु पर्ने मागहरू बिभिन्न देशमा उठ्दै अाएका छन । भारत सरकारले गुगल र एप्पलको एप स्टोरबाट टिक–टक हटाउनुपर्ने माग गरेपछि गुगल प्ले स्टोरमा टिक–टिक डाउनलोडका लागि उपलब्ध छैन ।

फाइल तस्विर

सोमबार टिकटकमाथि प्रतिबन्धको विषयमा एक याचिकाको सुनुवाई गर्दै भारतको सर्वोच्च अदालतले यो मामलामा २२ अप्रिलमा सुनुवाई गर्ने बताएको थियो । मद्रास हाई कोर्टमा यसबारे सुनुवाई भइरहेकाले सर्वोच्च अदालत यसबारे पछि सुनुवाई गर्नेछ । यद्यपी, सर्वोच्च अदालतले यसै क्रममा एपको विषयमा मद्रास हाइकोर्टको निर्णयमाथि स्टे लगाउन पनि अस्विकार गरेको थियो ।

फाइल तस्विर

मद्रास हाईकोर्टले केन्द्र सरकारसँग चीनको यो भिडियो मोबाइल एपमाथि प्रतिबन्ध लगाउन भनेको थियो । यसले युवाको भविष्य र बच्चाको दिमाग खराब गरिरहेको अदालतले बताएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *