यी हुन् करिश्माका बेञ्च पार्टनर, के भन्छन उनि: पढ्नुहोस

यी हुन् करिश्माका बेञ्च पार्टनर, के भन्छन उनि: पढ्नुहोस

करिश्माका बेञ्च पार्टनर हुन् सुजन बास्कोटा, फस्ट ब्वाई। उनी कोचिङ पढ्दै गर्दा थाहा पाएका थिए करिश्मा मानन्धर अब सँगै पढ्ने भनेर। उनी अचम्म परेका थिए, टेलिभिजनको स्क्रीनमा देखेको ग्ल्यामरस स्टार करिश्मा आफूसँगै पढ्ने भन्दा। बास्कोटाले जब करिश्मा आफूसँग पढ्ने भन्ने थाहा पछि घरमा गएर सुनाइहालेँ, ‘मेरो जोइन्ड फ्यामिली हो, मैले हजुबुवालाई पहिला यो खबर सुनाएको थिए।’

उनी सम्झदैँ रमाउँदै थिए। ‘मैले घरमा भनेको सुरुमा कसैले पनि पत्याउनुभएन, स्कूलमा बिल तिर्न आउँदा देखेपछि मात्र हो भन्ने भयो।’ १५ वर्षका बास्कोटाले यो खबर साथीलाई पनि भनेका थिए, घरका मानिसले जस्तै साथीले पनि पत्याएनन्। पछि मिडियोको अन्तरवार्ता देखेपछि विश्वास नगर्ने कुरै भएन।

सुरु सुरुमा एकदमै अफ्ठेरो भयो रे, ‘उहाँ केटि साथीहरुसँगमात्र बोल्नुभयो।’ तर पछि सबै सामान्य भयो। करिश्मा उनीसँग फस्ट बेञ्चमा बस्छिन्। उनी पहिलो पटक परिक्षामा करिश्मासँग आमुने सामुने भएका थिए।
करिश्मा ठूलो उमेरको भएपनि, कलाकार भएपनि केही फरक हुँदैन भन्छन् बास्कोटा। ‘हामीसँग घुलमिलेर बस्नुहुन्छ’। उनले पहिलो पटकको कुराकानी सम्झदै भनेँ, ‘८ कक्षाको जिल्ला स्तरीय परिक्षाको तयारी गर्दा साइन्सको एउटा कोइसनको आन्सर्स के हुन्छ भनेर सोध्नुभएको थियो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *