निरन्तर शनिबारमा फुलमान बल

निरन्तर शनिबारमा फुलमान बल

निरन्तर शनिबारकाे नियमित रचना वाचनकाे यसपटककाे शृङ्खलामा अतिथिका कविका रूपमा फुलमान बललाई निम्त्याइएकाे थियाे । कवि, कथाकार, नाटककार, पत्रकार र चलचित्र निर्देशक समेत रहेका बलले पत्रकारिता गर्दा तटस्थ भूमिकामा रहे पनि सिर्जना अाफ्नाे पक्षधरता भएकाे कुरा बताए ।

अाफूलाई अभिव्यक्त गर्न विभिन्न विधामा हात हालेकाे भन्दै बलले विभिन्न विधाका रचनाहरुकाे रचना गर्भ समेत सुनाउन भ्याए । यसै क्रममा उनले अाजका मान्छे, शीत लहर, बाग्मतीकाे अात्मलाप, बाँदरकाे अपिल लगायत अाधा दर्जन कविता सुनाएका थिए ।

कार्यक्रममा इन्द्र लम्साल, टेकराज अवस्थी, पूर्णिमा प्रतिविम्ब, वर्षा वन्दना, सुदर्शन शर्मा, नारायण सापकाेटा, राम अविरल बिस्ट, सुरज गजा, तिलक राउत, संगीता पनेरु, केवल कार्की, विश्व सिग्देल, साेझाे गाउँलेले पनि अाअाफ्ना रचना(कविता, गीत, गजल, मुक्तक)सुनाएका थिए । कार्यक्रम विद्यापीठकाे मिनी हलमा सम्पन्न भएकाे थियाे । उक्त कार्यक्रम रेडियाे अन्नपूर्ण ९४ मेगाहर्जबाट प्रसारण गर्नका रेकर्ड पनि गरिएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *