सेयर गरौ ! तीन कराेड जनताकाे आवाज बोकेको गीत - जनताकाे पैसा लुट्याे

सेयर गरौ ! तीन कराेड जनताकाे आवाज बोकेको गीत – जनताकाे पैसा लुट्याे

-कवि अज्ञात
जनताकाे पैसा लुट्याे देशै लुट्न जुट्याे
झिटिझ्याम्टा सबै लुट्याे मर्नु पर्थ्याे छुट्याे

१७ हजार जनता मरे अाखिर केका लागि
खेल्नु खेल्याै भाघचाल हाम्रै छातीमाथि
घात भयाे विरहरूकाे वलिदान माथि
जनताकाे विश्वस ताेड्ने यिनै राष्ट्रघाती
देशकाे नक्सा हेर्दै भन्छिन् अामा छाती दुख्याे
झिटिझ्याम्टा सबै लुट्याे मर्नु पर्थ्याे छुट्याे

डेड कराेडकाे हेलिकप्टर चड्छिन राष्ट्रपति
भ्रष्टाचारकाे नेप्से बढ्याे हेरि बस्नु कति
भाषण गर्छ नसाेचेरै उखान टुक्का ठाेक्छ
प्रगति क्यै गर्नु छैन मिडियामा खाेक्छ
भाेट माग्दा शिर झुकायाे धिकार छ भुल्याे
झिटिझ्याम्टा सबै लुट्याे मर्नु पर्थ्याे छुट्याे

एक नेताले १६ लाखकाे सुत्ने खाट किन्याे
भाेकभाेकै मरे जन्ता कसले राहत दियाे
सरकारकाे यस्ताे हालत प्रगति के गर्थ्याे
यस्ताे सरकार देख्नु अघि आँखा फुट्नु पर्थ्याे
याैटा मुसाे मार्नु थियाे दुला भित्र छिर्याे
झिटिझ्याम्टा सबै लुट्याे मर्नु पर्थ्याे छुट्याे

रेमिट्यान्स भित्री रह्याे युवा विदेश गए
राहदानी उतै छुट्याे बाकस चढी अाए
महाकाली पनि बेच्याे लिपुलेक राेयाे
जनताकाे रगत चुस्याे भाषण ठाेक्दै हिँड्याे
बिजुलीकाे पाइपलाइन कता छुट्याे छुट्याे
जनताकाे पैसा लुट्याे देशै लुट्न जुट्याे

बाँच्नु मात्रै मर्छ यहाँ के के देख्नु पर्छ
उठाैँ जुटाैँ जनता हाे सरकारले के गर्छ
हामी जुटे देश बन्छ जुटाैँ अाजैबाट
दिक्क भयाैँ सरकारकाे चर्तिकालाबाट
पैसा दियाे किन्याे कानुन् अख्तियारी सुत्याे
झिटिझ्याम्टा सबै लुट्याे मर्नु पर्थ्याे छुट्याे

सबै नेता उस्तै देख्ने आँखै उस्ताे हाे कि
मारेकै हाे अाँखै अघि गाेली ठाेकी ठाेकी
जसको शक्ति उसकै भक्ति गर्छन् हाम्रा नेताहरू
हामी फुटे छुट्छ देशकाे सिमानाका रेखाहरू
भ्रष्टाचारी छानी छानी सिंहदरबार हुल्याे
झिटिझ्याम्टा सबै लुट्याे मर्नु पर्थ्याे छुट्याे

जनताकाे पैसा लुट्याे देशै लुट्न जुट्याे
झिटिझ्याम्टा सबै लुट्याे मर्नु पर्थ्याे छुट्याे
**
रामेछाप
रचना मिति-२०७५/११/०७ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *