कुखुराको मासु मानव स्वास्थ्यका लागि निकै हानिकारक रहेको एक अध्ययनले दाबी गरेको छ । अमेरिकी वैज्ञानिकहरुले गरेको अध्ययनमा कुखुराको मासु खाँदा मानव शरीरमा घातक एन्टिबायोटिक प्रतिरोधी बन्ने दाबी गरेका छन् ।ब्रोइलर कुखुरालाई बिरामी हुनबाट बचाउन एन्टिबायोटिक खुवाउँदा कुखुरामै एन्टिबायोटिक प्रतिरोधी शक्ती उत्पन्न हुने र यस्ता कुखुराको मासु खाँदा मानिसको स्वास्थ्यमा गम्भीर असर गर्ने प्रकाशित अध्ययन प्रतिवेदनमा भनिएको छ ।भारत, नेपाल लगायत मुलुकमा गरेका अध्ययनअनुसार एन्टिबायोटिक खुवाएर उत्पादन गरेका कुखुरा खाँदा ज्यान जानेसम्मको घातक रोग लाग्ने अध्ययनले दाबी गरेको छ ।
यतिमात्र नभएर ब्यापारीहरूले बिभिन्न क्यामिकलकाे प्याेग गरेर मासुलाइ फुलाउने गरेकाे पाइएकाे छ । जसकाे कारण मानव स्वास्थ्यमा धेरै समस्या ल्याउन सक्ने देखिन्छ । कुखुरा पसलमा पहिले नै कुखुरा मारेर बेच्ने गरेकाे पाइन्छ । यस्ताे मासु नखान समेत बिज्ञहरूकाे सुझाव रहेकाे छ । मासु खानै परेपछि ताजा कुखुराकाे खाने सबैलाइ अनुराेध छ । हाम्राे स्वास्थ्यकाे दख्याल हामप्ले नगरे कस्ले गर्छ र?