उपत्यकामा थपिए १३ सय ३८ जना संक्रमित

उपत्यकामा थपिए १३ सय ३८ जना संक्रमित

1 Shares

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ३८ संक्रमित फेला परेका छन् । जस्मा ५ सय ७० महिला र पुरुष ७ सय ६८ रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ३ सय ३८ संक्रमित थपिएका हुन् ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ८५ हजार ६ सय ८२ पुगेको छ । योसंगै काठमाडौंमा ६९ हजार ४ सय ७९ जना, ललितपुरमा ९ हजार ८ सय ५०, भक्तपुरमा ६ हजार ३ सय ५३ जना संक्रमित थपिएका छन् ।

काठमाडौंमा होम आइसोलेसनमा रहनेको संख्या ११ हजार ३ सय ५९, ललितपुरमा १ हजार ८ सय ९१ र भक्तपुरमा १ हजार ७ सय ३० रहेको छ । योसंगै काठमाडौं उपत्यकामा होम आइसोलेसनमा बस्नेको कुल संख्या १४ हजार ९ सय ८० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *