१ कार्तिक काठमाडौं: आइपीएलको १३ औं सत्रको ३३ औं खेलमा शनिबार रोयल च्यालेंजर्स बेंगलोर (आरसीबी) र राजस्थान रोयल्स (आरआर) एक अर्कासँग भिड्ने छन्। किंग्स इलेवन पंजाब (केएक्सआईपी) बिरूद्ध केही गलत निर्णयहरूले हार बेहोरेको बेंगलोर टोली यस खेलमा रणनीतिसहित मैदानमा उत्रन चाहन्छ। अर्कोतर्फ, राजस्थानले जित्नैपर्ने दवाव छ। दुबईमा हुने यो खेल नेपाली समय दिउँसो ३:४५ देखि सुरु हुनेछ।
विराट कोहलीको नेतृत्वमा रहेको आरसीबीले अहिलेसम्म उनीहरूको आलराउन्ड प्रदर्शनबाट ८ मध्ये ५ खेल जितेको छ, तर उनीहरूले बिहीबार किंग्स इलेवनको बिरूद्व ८ विकेटको पराजयका क्रममा केही गल्तीहरू गरे, जसले अन्ततः बेंगलोरलाई ओझेलमा पार्यो।
राजस्थान रोयल्स शीर्ष अर्डर ब्याट्सम्यानको असफलताको साथ संघर्ष गरिरहेको छ र तल्लो क्रमका ब्याट्सम्यानको योगदान उनीहरूले अहिलेसम्म जितेका खेलमा महत्वपूर्ण रहेको छ। रोयल्स तालिकामा सातौं स्थानमा छ।
आईपीएल रेकर्डको कुरा गर्दा, बेंगलोर र राजस्थानबीच अहिलेसम्म २१ खेल (२००८-२०२०) भइसकेका छन्।बेंगलोरले 9, र राजस्थानले १० खेलमा जित हासिल गरेको छ। दुई खेलहरू नातिजाबिहिन थिए। यो सिजनमा, आरसीबीले ३ अक्टोबरमा राजस्थानको बिरूद्धको खेलमा ८ विकेटले जित हासिल गरेको थियो ।
रॉयल चैलेंजर्स बेंगलुरु
विराट कोहली (कप्तान), एबी डिविलियर्स, पार्थिव पटेल, एरॉन फिंच, जोश फिलिप, क्रिस मॉरिस, मोईन अली, मोहम्मद सिराज, शाहबाज अहमद, देवदास पडिक्कल, युजवेंद्र चहल, नवदीप सैनी, डेल स्टेन, पवन नेगी, इसुरु उदाना, शिवम दुबे, उमेश यादव, गुरकीरत सिंह मान, वॉशिंगटन सुंदर, पवन देशपांडे, एडम जाम्पा.
राजस्थान रॉयल्स
जोस बटलर, बेन स्टोक्स, संजू सैमसन, एंड्रयू टाई, कार्तिक त्यागी, स्टीव स्मिथ (कप्तान), अंकित राजपूत, श्रेयस गोपाल, राहुल तेवतिया, जयदेव उनादकट, मयंक मार्कंडेय, महिपाल लोमरोर, ओसाने थॉमस, रियान पराग, यशस्वी जायसवाल , अनुज रावत, आकाश सिंह, डेविड मिलर, मनन वोहरा, शशांक सिंह, वरुण आरोन, टॉम कुरेन, रॉबिन उथप्पा, अनिरुद्ध जोशी, जोफ्रा आर्चर.