अञ्जली अधिकारी र बिक्रम चौहानको नयाँ म्युजिक भिडियो साउदी कतार (भिडियो हेर्नुहोस्)

अञ्जली अधिकारी र बिक्रम चौहानको नयाँ म्युजिक भिडियो साउदी कतार (भिडियो हेर्नुहोस्)

25 Shares

२४ असोज काठमाडौं: नायिका तथा मोडल अन्जली अधिकारी र नब गायक बिकाश थापाको नयाँ गित साउदी कतार भर्खरै बजारमा आएको छ । साउदी कतार नेपाली बेरोजगार युबा तथा परदेशी जीवन बिताई रहेका मान्छे हरुको कथा र हाम्रो नेपाल मा रोजगारी सृजना गर्न नसक्नु को पीडा बोकेको एउटा गीत हो ।

गीतमा गायक तथा सर्जक बिकाश थापा र सुनिल लामा को आवाज रहेको छ भने र्यापर जगत ले यसमा र्याप हानेका छ्न्; गीतमा रिदमअस्मित साउदले संगीत भरेका हुन् ।म्युजिक भिडियो लाई निर्देशक बिक्रम चौहानले निर्देशन गरेका हुन । भिडियो मा निर्देशक बिक्रम र अहिलेकी चर्चित मोडल अञ्जली अधिकारी को अभिनय रहेको छ । काठमाडौमै खिचेको उक्त म्युजिक भिडियो युटुब च्यानल Mero mitra Tv बाट बजारमा आएको हो।

युवाहरुको पिडामा आधारित म्युजिक भिडियोले धेरै नेपालीलाई प्रभावित पार्ने गायक बिकाश थापा को बिश्वास छ। फरक शैली र नयाँ अनुहार सँग काम गर्दा एकदम खुशी महशुस भएको अन्जली अधिकारी बताउछिन् ।

भिडियो हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *