आइपिएल: दिल्लीले दर्ता गर्यो पाँचौ जित, राजस्थान पराजित; सन्दिप अझै दिल्लीको बेन्चमै सिमित

आइपिएल: दिल्लीले दर्ता गर्यो पाँचौ जित, राजस्थान पराजित; सन्दिप अझै दिल्लीको बेन्चमै सिमित

34 Shares

२४ असोज काठमाडौं: यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) को २३ औँ म्याचमा दिल्ली क्यापिटल्सविरुद्ध राजस्थान रोयल्स ४६ रनले पराजित भएको छ ।दिल्लीले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको राजस्थानले १९.४ ओभरमा सबै विकेट गुमाएर १ सय ३८ रन मात्र बनाउन सक्यो ।

दिल्ली क्यापिटल्स आईपीएल अंकतालिकाको शिर्षस्थानमा उक्लेको छ। पहिलो २ खेलमा जित पछि राजस्थानको यो लगातार चौथो हार हो।

राजस्थानको लागि राहुल तेवतियाले सर्वाधिक ३८, यसस्वी जैसवालले ३४, स्टिभ स्मिथले २४, जोस बटलरले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

दिल्लीको बलिंगमा कागीसो रबाडाले सर्वाधिक ३ विकेट  लिए।  रविचन्द्रन आश्विन  मार्कस स्टोइनिस  ले समान २ विकेट लिए। एनरिक् नोर्किया ,हर्षल पटेल , अक्षर पटेल , ले समान १ विकेट लिए।

टस हारेर ब्याटिङको मौका पाएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८४ रन बनायो ।दिल्लीका लागि आज शिमरोन हेटमायरले ४५, मार्कस स्टोइनिसले ३९, श्रेयस अय्यरले २२, पृथ्वी शाले १९, अक्क्षर पटेलले १७ र हर्षल पटेलले १६ रन बनाए ।

राजस्थानको बलिङमा  जोफ्रा आर्चरले ३, कार्तिक त्यागी, एन्ड्रु टाय र राहुल तेवटियाले समान १ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *