२३ असोज काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहातको इन्सिडेन्ट कमाण्ड सिस्टमले देशभरि २५ हजारभन्दा बढी सक्रिय सङ्क्रमित नाघे ल’कडाउन गर्नुपर्ने सुझाबसहितको निस्कर्ष निकाल्यो । मन्त्रालयले कोभिड–१९ क्राइसिस मैनेजमेन्ट सेन्टर ‘सीसीएमसी’लाई उक्त सिफारिश गरेको थियो । दुई सातापछि असोज २१ गते सक्रिय सङ्क्रमितको संख्या २५ हजार नाघेको छ ।
सक्रिय सङ्क्रमितको संख्या २५ हजार नाघेको छ, मन्त्रालयको सिफारिश बमोजिम ल’कडाउन हुन्छ त ? प्रश्नको जवाबमा सरकारका प्रवक्ता प्रदीप ज्ञवाली भन्नुहुन्छ, “देशभरि ल’कडाउन गर्ने अवस्था छैन्, ह’टस्पट भएको क्षेत्रलाई नि’षेधित क्षेत्र घोषणा गरेर कोभिड–१९ नियन्त्रणको प्रयास गरिनेछ ।” प्रवक्ता ज्ञवाली कोभिड–१९ क्राइसिस मैनेजमेन्ट सेन्टर(सीसीएमसी)का सदस्य समेत हुनुहुन्छ ।
काठमाडौं उपत्यकाका तीन जिल्लामा हाल करिब १४ हजार सक्रिय सङ्क्रमित छन् । उपत्यका ह’टस्पटको रुपमा परिणत हुँदैछ । तर ह’टस्पटको रुपमा परिणत भएपनि उपत्यकामा ल’कडाउन वा नि’षेधित क्षेत्र घोषणाको तयारी देखिन्न । सीसीएमसीले उक्त अधिकार स्थानीय प्रशासनलाई प्रत्यायोजन गरिसकेको छ । यसअघि पनि उपत्यकामा सङ्क्रमित बढ्दा स्थानीय प्रशासनले नै नि’षेधित क्षेत्र घोषणा गरेको थियो । यद्दपी प्रवक्ता ज्ञवालीले हटस्पट क्षेत्रलाई नि’षेधित क्षेत्र घोषणा गर्न सकिने बताउनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।