आइपिएलमा आज:हैदराबादसँग पंजावको लज्जास्पद हार; रसिद खानको उत्कृष्ट बलिंग

आइपिएलमा आज:हैदराबादसँग पंजावको लज्जास्पद हार; रसिद खानको उत्कृष्ट बलिंग

84 Shares

२३ असोज काठमाडौं: यूएईमा जारी इन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत २२औं खेलमा किंग्स इलावेन पञ्जाबलाई सनराइजर्स हैदराबादले ६९ रनले पराजित गरेको छ ।हैदराबादको यो आईपीएल २०२० अन्तर्गत तेश्रो जित हो।

टस जितेर पहिले ब्याटिंगमा उठेको हैदराबादले २०१ रनको बिशाल योगफल खडा गर्यो’ टिमका लागि जोनि बयरिस्टोले शानदार ब्याटिङ गरे । उनले ५५ बलमा ६ छक्का र ७ छक्का प्रहार गर्दै ९७ रन बनाए ।
जारी सिजनमा बेयरिस्टोको यो तेस्रो अर्धशतक हो । त्यस्तै, कप्तान डेविड वार्नरले ५२, अभिषेक शर्माले १२ र केन विलियम्सनले नटआउट २० रनको योगदान दिए।

२ सय २ रनको विशाल लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको पञ्जाबले १६.४ ओभरमा सबै विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सक्याे ।पंजावका लागि निकोलस पूरनले उत्कृष्ट ब्याटिङ गरे पनि टिमलाई भने जित दिलाउन सकेनन् । उनले ३७ बलमा ७ छक्का र ५ चौकासहित ७७ रन बनाए ।त्यस्तै, केएल राहुल, सिमरन सिंहले ११/११ रन बनाउँदा बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

हैदराबादका लागि राशिद खानले उत्कृष्ट बलिङ गर्दै ३, खलिल अहमद, २ थांगारासु नटराजनले २/२ र अभिषेक शर्माले एक विकेट लिए ।
बलिङमा पञ्जाब टिमका रवि विश्नोईले ३, अर्शदीप सिंहले २ र मोहम्मद शामीले विकेट लिए ।

छैठौं खेलमा तेश्रो जित पछि हैदरावाद अंकतालिकामा छैठौं स्थानबाट फड्को मार्दै तेश्रो स्थानमा पुगेको छ। ६ अंक बटुलेको हैदरावादले नेट रन रेटमा कोलकाता र बैंगलोरलाई पछि पारेको हो। मुम्बई पहिलो र दिल्ली दोश्रो स्थानमा रहेको छ।

हार पछि पन्जाब भने ६ खेलमा १ जित र ५ हार पछि २ अंक सहित अंकतालिकाको पुछारमा रहेको छ। ४ अंक रहेको चेन्नाई र राजस्थान छैठौं र सातौँ स्थानमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *