आइपिएल २०२०: सन्दिपलाई प्लेइंग ११ मा नराखेर प'राजित भएको हो त दिल्ली क्यापिटल्स ??

आइपिएल २०२०: सन्दिपलाई प्लेइंग ११ मा नराखेर प’राजित भएको हो त दिल्ली क्यापिटल्स ??

53 Shares

१४ असोज काठमाडौं: यूएईमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) काे १३ औ सस्करण अन्तर्गत ११ औ खेल सम्पन्न भएको छ ।

नेपाली स्पिनर खेलाडी सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सलाई प’राजित गर्दै सनराइजर्स हैदराबादले विजयी सुरुवात गरेकोछ  ।

मंगलबार  भएको खेलमा हैदरावादले टस हा’रेर पहिले ब्याटिंग गर्दै १६२ रन बनाएको थियो । १६३ रनको मध्यम लक्ष्य पछ्याएको दिल्ली १५  रनले पराजित भएको हो ।

दिल्लीको लागि सिखर धवनले ३४, रिसभ पन्तले ३२ रन बनाए । बलिंग तर्फ हैदरावादका रशिद खान ३ विकेट, भुवनेश्वर कुमार २ र केके अहमद र नटराजले समान १/१  विकेट लिए ।

त्यसअघि हैदरावादले लागि जोन बिस्टो ५३, डेविड वार्नर ४५, केन विलियमसन्को ४१ रनको मदतमा १६२ रन बनआएको थियो । बलिंग तर्फ अमित मिश्रा  र कसिगो रबडाले २/२ विकेट लिए ।

हैदरावादको बलिंगमा लेग स्पिनर राशिद खानले उत्कृस्ट बलिंग गर्दै ४ ओभरमा मात्र १४ रन खर्चेर ३ विकेट लिए। उनले शिखर धवन, श्रेयस ऐयर र रिशभ पन्तको विकेट लिए। भुवनेश्वर कुमारले २ विकेट लिने क्रममा २५ रन खर्चिए ।

रसिदले उत्कृष्ट बलिंग गरेको खेलमा सन्दिपले पनि राम्रो प्रदर्शन गर्न सक्थे भन्ने अनुमान लगाउन सकिन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *