कंगना रनावतलाई अर्को झ'ड्का: लाग्यो यस्तो आ'रोप

कंगना रनावतलाई अर्को झ’ड्का: लाग्यो यस्तो आ’रोप

18 Shares

एजेन्सी : चर्चा कमाउनकै लागि बलिउड अभिनेता सुशान्त सिंह राजपुतको पक्षमा बोलेको आ’रोप लागिरहेको अभिनेत्री  कंगना  रनावत माथि अर्को आ’रोप लागेको छ  ।

बलिउड गायिका सोना महापात्राले कंगनामाथि स्वार्थी भएको भन्दै आ’रोप लगाएकी छिन् । महापात्राले ट्विट गर्दै कंगना आफ्नो बाहेक अरूको पक्षमा नउभ्भिने र नबोल्ने स्वार्थी भएको बताएकी छन् ।

योसँगै सोनाले बलिउडका केही नराम्रा प्रवृत्तिमा आवाज बुलन्द गरेकोमा कंगनालाई बहादुर भन्न सकिने बताएकी छन् । कंगना आफ्नोलागी बाहेक अरू कसैकालागी उभिएकी छैनन् । उनले आफ्नो सरहाना गर्ने मानिसलाई पनि कहिले याद गरेकी छैनन् । यो कुनै परिवर्तन चाहने वा कुनै पनि विचार बोक्ने नेताको लायक पनि होइन । हो, उद्योगमा जारी केही नराम्रा प्र’वृत्तिको विरूद्ध आवाज उठाउन उनी एकदमै बहादुर छिन् । सोनाले ट्विट गरेकी छन् ।

जब कसैले अनुष्का शर्मा र बाँकी मानिसका बारेमा पोस्ट सेयर गरेका थिए। म यही भन्छु की कंगना रनौत कृपया केही नारीवादी साथीहरू बनाउनुहोस् र केही राम्रा सल्लाहकार राख्नुहोस्, अगाडि ट्विटमा उनले लेखेकी छन् ।

यसैगरी सोनाले कंगनालाई पीडित महिलाका रूपमा पेस नहुन भन्दै व्यंग्य गरेकी छन् । कंगनाले सोनालाई ट्विटरमा ब्लक गरेकी छन्। यसको जानकारी पनि सोनाले ट्विटमा दिएकी छन् ।

मैले कहिले उनलाई फलो गरेको थिइन तर आज यसबारेमा मलाई थाहा भएको छ। कंगना हरकोहीको आ’लोचना गर्न चाहन्छिन् । तर के उनी दुनियाँ आपसी परस्परतामा काम गर्छ भनेर जान्दिनन्रु उनले यो यी सबै चीजको सामना कसरी गर्ने भनेर जान्नुपर्छ । ट्विटमा उनले भनेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *