आइपिएल २०२०: सन्दिपको दिल्ली सँग रसिदको हैदराबाद भि'ड्दै; सन्दिप खेल्ने सम्भावना कति ??

आइपिएल २०२०: सन्दिपको दिल्ली सँग रसिदको हैदराबाद भि’ड्दै; सन्दिप खेल्ने सम्भावना कति ??

39 Shares

१३ असोज काठमाडौं:  यूएईमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) काे १३ औ  सस्करण अन्तर्गत आज नेपाली स्पिनर खेलाडी संदेप लामिछाने आबद्ध  दिल्ली क्यापिटल्सले आज आफ्नो तेस्रो म्याच सनराइजर्स हैदराबादविरुद्ध खेल्दैछ ।

मंगलबार साँझ ७ः४५ बजेदेखि सुरु हुने खेलमा लगातार जित हासिल गरेको दिल्लीले आफ्नो यो यात्रा जारी राख्ने योजनामा हुनेछ भने लगातार हार बेहोरिरहेको हैदरावाद पहिलो जितको खोजीमा रहने छ  ।

सुरुवाती दुई खेलमा सन्दीप बिनै मैदानमा उत्रेको दिल्लीले आजको खेलमा उनलाई प्लेइङ्ग ११ मा खेलाउने सम्भावनाको आकलन हुन थालेको छ  । लगातार जित हासिल गरिरहेको दिल्लीले सन्दीपलाई खेलाउने सम्भावना भने कम नै देखिन्छ । विभिन्न भारतीय मिडियाहरुको विश्लेषण हेर्ने भो भने  सन्दीप प्लेइङ्ग ११ अटाउने सम्भावना  कम छ । यद्धपि टिमको निर्णय भने खेल सुरुहुनु भन्दा केहि अगाडी नै थाहा हुने छ।

दिल्ली कैपिटल्स : श्रेयस अय्यर (कप्तान), रविचंद्रन अश्विन, शिखर धवन, पृथ्वी शॉ, शिमरोन हेटमेयर, कगीसो रबाडा, अजिंक्य रहाणे, अमित मिश्रा, रिषभ पंत (विकेटकीपर), इशांत शर्मा, अक्षर पटेल, संदीप लामिछाने, कीमो पॉल, डैनियल सैम्स, मोहित शर्मा, एनरिच नोर्जे, एलेक्स कैरी (विकेटकीपर), अवेश खान, तुषार देशपांडे, हर्षल पटेल, मार्कस स्टोइनिस, ललित यादव.

सनराइजर्स हैदराबाद : डेविड वॉर्नर (कप्तान), जॉनी बेयरस्टो (विकेटकीपर), केन विलियमसन, मनीष पांडे, श्रीवत्स गोस्वामी, विराट सिंह, प्रियम गर्ग, रिधिमान साहा (विकेटकीपर), अब्दुल समद, विजय शंकर, मोहम्मद नबी, राशिद खान, अभिषेक शर्मा, बी संदीप, संजय यादव, फेबियन एलेन, भुवनेश्वर कुमार, खलील अहमद, संदीप शर्मा, शाहबाज नदीम, सिद्धार्थ कौल, बिली स्टेनलेक, टी नटराजन, बासिल थम्पी.

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *