IPL 2020: केहीबेरमा कोहलीको बेंगलोरले रोहितको मुम्बईको सामना गर्दै,यस्तो छ टिम

IPL 2020: केहीबेरमा कोहलीको बेंगलोरले रोहितको मुम्बईको सामना गर्दै,यस्तो छ टिम

36 Shares

१२ असोज काठमाडौं: युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत सोमबार १० औं खेलमा रोहित शर्मा कप्तानीको मुम्बई इन्डियन्स र बिराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंगलोर बिच प्रतिस्पर्धा हुदैँछ। खेल नेपाली समय राति ७:४५ बजे दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा सुरु हुनेछ

आरसीबीले एक जीत सँगै टूर्नामेन्ट शुरू गरेको थियो , तर किंग्स इलाभेन पंजाब (KXIP) को बिरुद्ध टिमको ब्याटिंग खराब थियो र पंजावले ९७  रन अन्तरले पराजित गर्‍यो। कप्तान कोहलीले पनि कुनै खेलमा राम्रो ब्याटिंग  (१४ र एक रन) गर्न असफल रहे  र उनी यो खेलमा मैदानमा केहि समय खर्च गर्न चाहन्छन्।

ओपनर देवदत्त पादक्कलले आफ्नो आईपीएल करियरको सुरुआत शानदार अर्धशतकको साथ गरेका थिए तर उनले पंजाबबिरुद्ध प्रदर्शन गर्न सकेनन।  युवा ब्याट्सम्यानले राम्रो लयलाई  निरन्तरता कायम गर्न प्रयास गर्नुपर्नेछ।

बलिंगमा स्पिनर युजवेंद्र चहलले राम्रो प्रभाव छोड्ने काममा सफल भएका छन भने तीव्र बलिंगमा नवदीप सैनी बाहेक अन्य बलरले रन रोक्न सकेका छैनन्। डेल स्टेन र उमेश यादव अहिलेसम्म महँगो साबित भएका छन्। दक्षिण ११ अफ्रिकाका यी महान खेलाडीले फाइनल ११ मा स्थान पाउने आशा छ, तर मोहम्मद सिराज यादवको ठाउँमा मैदानमा उतारिने सम्भावना छ ।

इंग्ल्यान्डका अलराउन्डर मोइन अली मध्यक्रमका लागि उत्तम विकल्प हो, तर जोश फिलिपको नियमित विकेटकीपिंगका कारण उनी डेल स्टेनको स्थानमा मात्र टीममा सामेल हुन सक्छन्।

टिम इंडियाका सीमित ओभरका उप कप्तान रोहित शर्माको नेतृत्वमा रहेको मुम्बई इन्डियन्सले पहिलो खेलमा पराजय पछि उत्कृष्ट पुनरागमन गर्यो। टोलीले कोलकाता नाइट राइडर्स (KKR) विरुद्ध राम्रो प्रदर्शन गर्‍यो।

यस खेलमा रोहितको ताल र सूर्यकुमार यादवको उत्कृष्ट ब्याटिंग टीमका लागि सकारात्मक पक्ष हो। टोलीले फाइनल ११मा  सौरभ तिवारीको ठाउँमा इशान किशनलाई  मौका दिन सक्नेछ।

अघिल्लो खेलमा उत्कृष्ट बलिंग गरेका जसप्रित बुमराहलाई ट्रेन्ट बोल्ट र जेम्स प्याटीन्सनले साथ दिनेछन्।

रोयल च्यालेंजर्स बेंगलोर

एरॉन फिंच, देवदत्त पडिक्कल, पार्थिव पटेल, विराट कोहली (कप्तान), एबी डिविलियर्स, गुरकीरत मान, शिवम दुबे, क्रिस मॉरिस, वॉशिंगटन सुंदर, शाहबाज अहमद, नवदीप सैनी, डेल स्टेन, युजवेंद्र चहल, एडम जाम्पा, इसुरू उदाना, मोईन अली, जोश फिलिप, पवन नेगी, पवन देशपांडे, मोहम्मद सिराज, उमेश यादव.

मुंबई इंडियंस 

रोहित शर्मा (कप्तान), आदित्य तारे, अनमोलप्रीत सिंह, अनुकूल रॉय, क्रिस लिन, धवल कुलकर्णी, दिग्विजय देशमुख, हार्दिक पंड्या, ईशान किशन, जेम्स पेटिंसन, जसप्रीत बुमराह, जयंत यादव, कीरोन पोलार्ड, क्रुणाल पंड्या, मिशेल मैक्लिनघन, मोहसिन खान, नाथन कूल्टर नाइल, प्रिंस बलवंत राय, क्विंटन डि कॉक, राहुल चाहर, सौरभ तिवारी, शेरफेन रदरफोर्ड, सूर्यकुमार यादव, ट्रेंट बोल्ट .

Leave a Reply

Your email address will not be published. Required fields are marked *