टंक बुढाथोकी र मेलिना राईको नयाँ गित कसरी कसरी ३, भिडियो हेर्नुहोस्

टंक बुढाथोकी र मेलिना राईको नयाँ गित कसरी कसरी ३, भिडियो हेर्नुहोस्

8 Shares

८ असोज काठमाडौं : लोकप्रिय गायक एवं संगीतकार टंक बुढाथोकीको नयाँ गीत ‘कसरी बस्छ पिरती’ सार्वजनिक भएको छ ।

गीतमा चर्चित गायिका मेलिना राई, टंक बुढाथोकी र ए आर बुढाथोकीको स्वर रहेको गीतमा शब्द संगीत पनि टंक बुढाथोकीकै रहेको छ । कविराज गहतराजले निर्देशन गरेको भिडियोमा ए आर बुढाथोकी , आयुष गुरागाईं, अंशु गुरागाईं लगायका कलाकारहरूको अभिनय देख्न सकिन्छ ।

टंक बुढाथोकीको सर्वाधिक चर्चा कमाउन सफल ‘कसरी कसरी’ गीतको तेस्रो सिरिज हो , यसअघि कसरी कसरी १ र २ सर्वाधिक हिट भएको गीत हो ।

कसरी कसरी सबै सिरिजमा टंक बुढाथोकी , ए आर बुढाथोकी र मेलिना राईकै स्वर रहेको छ । २०१७ मा सार्वजनिक गरिएको ‘कसरी कसरी’ गीतको भिडियोलाई यो समाचार तयार गर्दा सम्म ४४ लाख भन्दा धेरैपटक हेरिएको छ भने २०१९ मा सार्वजनिक गरिएको कसरी कसरी २ लाई हालसम्म ४८ लाखपटक हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *