काठमाडौं उपत्यकामा अझै एक हप्ता निषेधाज्ञा थप्न स्वास्थ्य मन्त्रालयको सुझाव

काठमाडौं उपत्यकामा अझै एक हप्ता निषेधाज्ञा थप्न स्वास्थ्य मन्त्रालयको सुझाव

15 Shares

२२ भदौकाठमाडौ :  काठमाडौमा लामो समय निषेधाज्ञा जारी गर्दा दिनहुँ मजदुरी गरेर खाने विपन्नहरु सडकमा आएका छन् । काठमाडौको बसपार्क र खुलामञ्चमा निशुल्क खाना खान आउनेको भिडले पनि अब पनि निषेधाज्ञा लागू गरे अवज्ञा हुन सक्ने संकेत देखिएको छ । तर कोरोना दर नघटेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याउनु पर्ने बताएको छ ।

उपत्यकामा ३ साता देखि निषेधाज्ञा छ । बुधवार साँझ तेस्रो पटकको निषेधाज्ञाको समय सकिन्छ । अबको एक साता लकडाउन बढाएर कोरोना रोक्न सहज हुने भन्दै स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ । निषेधाज्ञामा पनि सर्वसाधारणको चहलपहल बढेका कारण कोरोना रोक्न नसकिएको र अब निषेधाज्ञा खुकुलो बनाउँदा झन जोखिम बढ्ने भन्दै मन्त्रालयले थप एक साता निषेधाज्ञा थप्न सुझाव दिएको छ ।

दुई सय बढी एक्टिभ केस भएका ठाउँमा लकडाउन र पाँच सय बढी एक्टिभ केस भएका ठाउँमा कर्फ्यु नै लगाउने भन्ने स्वास्थ्यको मापदण्डअनुसार चल्नुपर्ने मन्त्रालयका अधिकारीको भनाई छ । मन्त्रालयका आईसीएस प्रमुख डा। गुणराज लोहनीले जनस्वास्थ्यको हिसावले निषेधाज्ञालाई निरन्तरता दिनु पर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *