पछिल्लो २४ घण्टामा  ६३४ जनामा देखियो कोरोना

पछिल्लो २४ घण्टामा ६३४ जनामा देखियो कोरोना

50 Shares

काठमाडौं : अद्यावधिक विवरण अनुसार शनिबार नेपालमा ६३४ नामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ६३४जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा जनाकारी गराइएको हो ।

यो संगै नेपालमा अहिलेसम्म संक्रमितको संख्या ३१ हजार १७ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले बताए । शनिबार काठमाडौंमा मात्र २१६ जनामा कोरोना देखिएको छ । शुक्रबार मात्रै नेपालमा ८३८  नामा कोरोना संक्रमण पुष्टि भएको थियाे ।

पछिल्लाे २४ घण्टामा १३६ जना काेराेना संक्रमण मुक्त धएका छन् याे संगै काेराेना निकाेहुनेकाे संख्या १८ हजार २५० पुगेकाे छ । ८ हजार ७०५ जना आइसाेलाेसनमा रहेका छन । सक्रिय संक्रमितकाे संख्या १२ हजार ६२१ रहेेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *