Featured Video Play Icon

अभिनेत्री निता ढुंगानाको गणेश भजन सार्वजनिक,यस्तो छ प्रतिक्रिया

11 Shares
काठमाडौं: अभिनेत्री नीता ढुङ्गानाको पहिलो सांगीतिक कोशेली गणेश भजन सार्वजनिक भएको छ । शनिबार गणेश चतुर्थीको अबसर पारेर नीताले आफ्नो अफिसियल युटुब च्यानल नवनीता इन्टरटेन्मेन्ट मार्फत सार्वजनिक गरेकी हुन् । भजनमा अभिनेत्री नीताको स्वर र दिनेश न्यौपानेको संगीत रहेको छ । भिडियोको निर्देशन तथा कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । संजय लामाको सिनेमाटोग्राफी रहेको भिडियोलाई बनिश शाहले सम्पादन गरेका हुन् ।
नीता फिल्मस् को ब्यानरमा पहिलो प्रस्तुतिको रुपमा निर्माण गरिएको भजन ठुलो बजेटमा निर्माण गरिएको हो । एक साता अघि भव्य सेट निर्माण गरेर छायाँकन गरिएको भिडियोमा प्रस्तुत गरिएको गणेशको मुर्तिलाई नै लाखौं लगानी गरिएको बताइएको छ । भिडियो निकै रिच देखिएको छ भने हेर्दा आनन्द आउँछ ।
आफ्नै निर्माणमा तयार भएको भिडियोलाई उत्कृष्ट बनाउन कुनै कसर बाकी राखिएको छैन । पहिलो गीत नै भजन किन भन्ने प्रश्नमा नीताले भनिन्, ’हिन्दु धर्म र भक्तिभावमा मेरो बच्चादेखिको सोख हो, गणेश भगवानको अनुयायी भएको कारण पनि गायन यात्रा यहिँबाट सुरु गरेँ ।’ उनले नेपाली संस्कार अनुसार प्रायः काम सुरुगर्दा गणेशको पूजा गरिँदै आएको स्मरण गर्दै सोहि अनुसार आफुले पनि गणेश भगवानको नामबाट नै नयाँ यात्रा सुरु गरेको बताइन् ।आफुले पूर्ण सिद्दता प्रयोग गरेको र आफुसँग  यो भजन निकट भएकाले दर्शकहरुवाट धेरै अपेक्षा रहेको नीताले बताइन् ।
भिडियो यस्तो छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *