प्रविन बेडवाललाई नेपाल आइडल बनाउन यसरी गर्नुहोस भोट : सेयर गर्नुहोस्

प्रविन बेडवाललाई नेपाल आइडल बनाउन यसरी गर्नुहोस भोट : सेयर गर्नुहोस्

457 Shares

प्रविन वेडवाल नेपालको चर्चित सिङ्गिङ् रियालिटि शो नेपाल आइडल सिजन ३ मा फिनालेमा पुगेका छन । सुरुदेखि नै सबैको मन जित्दै आएका प्रविन नेपाल आइडलको मञ्चमा जोडदार प्रस्तुति दिँदै फिनालेमा पुग्न सफल भएका हुन् ।

विशेषतः आधुनिक गायनमा दख्खल राख्ने प्रविन सबै प्रकारका गीत गाउने सामर्थ्य राख्दै आएकाछन् ।आइडलको स्टेजमा प्रविनले स्वर सम्राट नारायण गोपालका गीतहरुलाई गाइरहदाँ सबैलाई मन्त्रमुग्ध पारेका थिए ।

बर्दिया गेरुवा गाउँपालिकामा घर भएका प्रविनले बुटवल अडिसनबाट नेपाल आइडलमा इन्ट्रि मारेका थिए। उनि भारतबाट संगीतको पढाइ सकाएका नेपाल फर्किएका हुन् ।

प्रविनले नेपाल आइडलको विजेता बनाउनको लागि सबैलाई भोट गरिदिन अपिल गरेका छन । उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

नमस्कार
दर्शक-श्रोताको मायाले एउटा कलाकारलाई कतिसम्म खुशी मिल्नेरैछ भन्ने अनुभव प्राप्त गरेको छु । तेस्रो संस्करणको नेपाल आइडलमा सहभागि भएदेखि एकपछि अर्को खुशी र सफलता मिलेको छ । यो सब मेरा प्यारा दर्शक श्रोताहरुको देन हो । र आज फाइनलका लागि यो अपिल गरेको छु । हो, मेरा आदरणीय दर्शक श्रोताहरुमाझ एउटा बिन्ति लिएर उपस्थित भएको छु । नेपाल आइडल-३ को उत्कृष्ट ३ अर्थात फाइनलसम्मको यो यात्रा मेरा लागि तपाईहरुले दिनुभएको अपार माया र साथको प्रतिफल हो । मेरो साधना र मिहिनेतमा तपाईहरुको अमूल्य भोट हर कदममा साहारा बनेको छ ।

विगतदेखि नै आदरणीय निर्णायकहरु र प्यारा दर्शक-श्रोताकै सुझाब र प्रतिक्रियालाई शिरोपर गर्दै यहाँसम्म आइपुगेको हु, यसमा मलाई निकै गर्व लागेको छ । आज फाइनलका लागि आज २ वटा गीत प्रस्तुत गरेँ । साथै अहिलेसम्म मैले गरेको मिहिनेतसमेतलाई मूल्याङ्कन गरेर अमूल्य भोट गरिदिनुहुन मनैदेखि अनुरोध गर्दछु । आजसम्मको यात्रामा यहाँहरुले गर्नुभएको साथ र भोटबाट म जति ऋणी भएको छु, त्यो सबै गीत-संगितबाट नै यहाँहरुलाई खुशी बनाउने मेरो प्रयत्न रहिरनेछ । मलाई विश्वास छ यहाँहरुले मलाई भोट अवश्य गरिदिनुहुनेछ ।

मलाई भोट गर्ने तरिका : नेपाल भित्रको दर्शकले आफ्नो मोबाइलमा NI 09 टाइप गरि 37000 मा पठाउन सक्नुहुनेछ वा 16667709 मा Dial गरि आफ्नो मत दिन सक्नुहुनेछ।  यसैगरि भारतमा (Vodafone) प्रयोगकर्ताले 53010 मा कतारमा (Oredoo) प्रयोगकर्ताले 92300 मा मलेसियामा (All Tetecos) प्रयोगकर्ताले 33310 मा SMS गरि Vote गर्न सक्नुहुनेछ। For Online Voting Download Respect and Rise or Esewa app. धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *