बधाई ! गायक निशान भट्टराईले गरे कानुनी विवाह

बधाई ! गायक निशान भट्टराईले गरे कानुनी विवाह

44 Shares

गायक निशान भट्टराई बैवाहिक बन्धनमा बाधिएका छन् । आज कृष्णा जन्माष्टमीको अवसर पारेर उनले प्रेमिका ऋचा न्यौपानेसँग कानुनी रुपमा विवाह गरेका हुन् ।

निशान र ऋचा काभ्रेस्थित धुलिखेल जिल्ला अदालतसम्म पुगेर विवाह गरेका छन् । उनीहरुको विवाह बार एशोसियनका पूर्व अध्यक्ष समेत रहेका अधिवक्ता रमेश हुमागाईंले कानुनी रुपमा विवाह गराइदिएका हुन् ।

कानुनी विवाहपश्चात उनीहरुले विवाहको प्रमाणपत्र ग्रहण गरेका थिए । पछिल्लो समयमा गायक निशान भट्टराइ नेपाली चलचित्रको सांगीतिक आकाशमा चम्किएका छन् । उनले, स्वर भरेको ‘के माया लाग्छ र’ बोलको गीत पनि अहिले सर्वाधिक चर्चामा छ ।

निशान र ऋचा २ बर्षदेखि प्रेम सम्बन्धमा थिए । निशानको स्वरमा समावेश ‘लाउर जाने रेल’मा ऋचाले अभिनय गरेकी छिन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *