भाग्य न्यौपानेले माफी माग्दै लेखे .. ( पढ्नुहोस्)

भाग्य न्यौपानेले माफी माग्दै लेखे .. ( पढ्नुहोस्)

157 Shares

काठमाडौं : गत साउन १२ गते सोमबार कपनको चौरमा कार्टुनमा शिशु भेटिएको खबर एकाएक झुटो साबित भएपछि यतिबेला सामाजिक सञ्जाल तातिएको छ ।

यसै प्रकरणलाई लिएर युट्युबर भाग्य न्यौपानेको पनि चर्चा भइरहेको छ । न्यौपानेले मंगलबार बिहान केयर बालगृहमा पुगेर आफू मार्फत सहयोग गरिएको रकम फिर्ता लिएका थिए ।

भाग्य न्यौपानेले यस्तो लेखेका छन् :
पछिल्लो समय तात्तातो खबरको युट्युब च्यानलमा अपलोड भएको पुष्पा अधिकारिको अन्तर्वार्तालाई लिएर धेरैले समालोचनात्मक प्रतिक्रिया दिनुभएको छ।

उक्त अन्तर्वार्तामा धेरैले संवेदनशील विषय महिलालाई दु’र्यव्यव हार र पत्रकारको आचारसं’हिता को कुराहरु उठाउनुभएको छ, यस्तो सं’वेदनशील बिषयलाई उक्त अन्तर्वार्तामा जोडिएकोले मेरो उक्त प्रतिक्रियाप्रती ध्यानाकर्षण भएको छ ।

साउन १३ गते पुष्पा अधिकारिले एउटा शिशु भेटेकोकुरा मिडियामा अत्यन्तै चर्चित बन्यो त्यस दिनको भोलिपल्ट केयर बाल गृहमा हामी वास्तविकता बुझ्न उक्त संस्थामा पुग्यौँ , पुष्पा अधिकारिसंग सम्पुर्ण कुराहरु सोध्यौँ, उक्त बच्चाको हेरबिचारको लागि सहयोगपनी हस्तान्तरण गर्यौँ र त्यहाँ उनले बोलेको कुरा र पछि आएको अ’भिव्यक्ति नमिलेको कारणले मलाई व्यक्तिगत रुपमा धेरैले म्यासेज तथा कलहरु गरेर त्यस्को वास्तविकता के हो भनेर सोध्नुभयो।

त्यसैले फेरि म केयर बाल गृहमा दोस्रो पटक पुगेँ र त्यो बेला म आ क्रो’षित पनि भएँ त्यसैले आ’क्रोषमा मैले समाजिक दुरि कायम गरिन जुन मेरो गल्ती हो, साथै नि’यतवश मैले कुनैपनी हिसाबले पुष्पा अधिकारिलाई दु’र्व्यवहार गरेको होइन र म त्यस्तो व्यवहारको बि’रोध गर्छु र अगामिदिन यस्तो विषयप्रती अझ सं’वेदनशील हुनेछु।

मेरो उक्त भिडियोको कारणले महिला संवेदनामा कुनै आँच पुग्न गएमा म माफी माग्न चाहान्छु। यो विषयमा समालोचनात्मक प्रतिक्रिया गरि मलाई सजग गराउनुहुने सबैप्रती म आभार प्रकट गर्न चाहान्छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *