गण्डकी प्रदेशमा थप ३१ जनामा देखियाे  काेराेना

गण्डकी प्रदेशमा थप ३१ जनामा देखियाे काेराेना

129 Shares

गण्डकी प्रदेशमा शुक्रबार ३१ जनामा कोरोना सक्रमण रहेको पुष्टि भएको छ। योसँगै गण्डकीमा संक्रमितको संख्या १ हजार ४ सय ३० पुगेको छ। गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवं स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोदबिन्दु शर्माले यसको पुष्टि गरेका छन्।

उनका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको स्वाब परीक्षणमा २ जिल्लाका ३१ जनामा संक्रमण भएको पुष्टि भएको हो। संक्रमितहरु बागलुङको निसिखोला गाउँपालिकाका ५ जना, बरेङ गाउँपालिकाका १ जना र स्याङ्जाको पुतली बजार नगरपालिकाका २० जना, वालिङ नगरपालिकाका १ जना र अर्जुन चौपारी गाउँपालिकाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पुतली बजार नगरपालिकाका संक्रमितमध्ये २ जना ५७ र २३ वर्षीया महिला छन् भने बाँकी पुरुष हुन्। संक्रमितहरु २२ देखि ५७ बर्ष उमेर समूहका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *