भयावह बन्दै राजधानी, नेपाल प्रहरीका २३ सहित थप ५३ जनामा देखियाे काेराेना

भयावह बन्दै राजधानी, नेपाल प्रहरीका २३ सहित थप ५३ जनामा देखियाे काेराेना

28 Shares

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५३ संक्रमित फेला परेका छन् । काठमाडौं उपत्यकामा पछिल्लो केही दिनदेखि निरन्तररुपमा संक्रमितको संख्या थपिदा यो हालसम्मकै एकै दिनको उच्च भएको बताइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नेपाल प्रहरीको महाराजगञ्जस्थित प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २१ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको परीक्षणमा काठमाडौंका ११ जना, र भक्तपुरका १ जनामा संक्रमण पुष्टि भएको छ भने शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ९ जना र ललितपुरका १ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै स्टार अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ६ जना र ललितपुरलका २ जनामा संक्रण्मा देखिदा शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका एक जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा भेटिएको पछिल्लो २४ घण्टामा नेपाल प्रहरीका २३ जना रहेको बताइएको छ ।

सडक मिडिया Edit profile

Leave a Reply

Your email address will not be published. Required fields are marked *