सुशान्तको ‘दिल बेचरा’ले बलिउडमा हलचल, युट्युवमा बनायो यति ठुलो रेकर्ड

सुशान्तको ‘दिल बेचरा’ले बलिउडमा हलचल, युट्युवमा बनायो यति ठुलो रेकर्ड

0 Shares

सुशान्त सिंह राजपुतको अन्तिम फिल्म `दिल बेचारा´को ट्रेलरले युट्युबमा थुप्रै रेकर्ड बनाएको छ । सार्वजनिक भएको केही समयमै ट्रेलर भाइरल भएको ट्रेलरलाई देश विदेशबाट धेरैले मन पराएका छन् ।

सुशान्त सिंह राजपुतले अभिनय गरेको “दिल बेचरा”ले युट्युवको अहिलेसम्मकै रेकर्ड तोडेको छ । जुन ६ मा रिलिज भएको ट्रेलर सबैभन्दा छोटो समयमा एक करोड लाईक हुने फिल्म बनेको छ ।

यो सुखद समाचार उक्त्त फिल्मका डाइरेक्टर मुकेर चब्रा र उनको सहकर्मी संजना साङ्घीले शेयर गरेका हुन् । यो समाचार तयार पार्दासम्म सो भिडियोले ७ करोड १८ लाख ७५ हजार ८ सय ३४ भ्यूज पाइसकेको छ ।

दिल बेचारा बनाएका केहि अन्य रेकर्डहरु….

१. २४ घण्टामा भ्युज
ट्रेलरले सर्वाधिक भ्युजको रेकर्ड तोडेको छ। २४ घण्टा नपुग्दै २१ मिलियन भ्युज बटुलेर ट्रेण्डिङ्ग नं १ मा रहेको थियो। २ मिनेट ४४ सेकेण्डको सो ट्रेलरमा धेरै कुराहरू एकैसाथ देख्न सकिन्छ। रोमान्स र इमोसनले भरिपूर्ण ट्रेलरलाई सर्वाधिक रुचाइएको छ।

२. लाइक र कमेण्ट
ट्रेलरले सर्वाधिक लाइक र कमेन्टको रेकर्ड तोड्न पनि सफल भएको छ। २४ घण्टामै ५ मिलियन लाइक र २८७,१४९ कमेण्ट प्राप्त गरेको थियो। यसरी यो छोटो समयमै सर्वाधिक लाइक र कमेण्ट पाउने ट्रेलर बन्न पुग्यो।

३. अन्य सामाजिक सञ्जालमा भाइरल
ट्रेलरलाई सामाजिक सञ्जाल युट्युबमा सार्वजनिक गरिएको थियो। २४ घण्टा पूरा हुनु पहिले नै ट्रेलरले युट्युबमा २१ मिलियन भ्युज पाइसकेको थियो। साथै इन्स्टाग्राममा २ मिलियनभन्दा बढी तथा फेसबुकमा ३.१ मिलियन भ्युज छोटो समयमै पाएर हरेक सामाजिक सञ्जालको रेकर्ड तोड्न सफल भएको थियो।

४. `एभेन्जर्स एण्ड गेम´को ट्रेलरलाई पार्यो पछाडि
सर्वाधिक हेरिएको फिल्मी ट्रेलरको कुरा गर्नुपर्दा सबैभन्दा पहिले हलिउड फिल्म `एभेन्जर्स एण्ड गेम´को नाम अगाडि आउँछ। सो फिल्मको ट्रेलरले २४ घण्टामा २.९ लाइक पाएर अग्रस्थानमा थियो। तर `दिल बेचारा´ को ट्रेलरले २४ घण्टा नपुग्दै ५ मिलियन लाइक बटुलेर हलिउड फिल्मको रेकर्ड तोड्न सफल भएको हो।

यो सबै फ्यानहरूले सुशान्तलाई दिएको माया हो। ट्रेलरले नै यस्तो धमाका मच्चाएपछि फिल्मले के कस्तो उधुम मच्चाउने त्यो त हेर्न बाँकी नै छ। तर पनि ट्रेलरको सफलता देखेर नै फिल्म सुपर हिट हुने कुरा हामी सहजै अनुमान लगाउन सक्छौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *