बलिउडमा अर्को शोक: अभिनेत्री दिव्या चौकसेको नि’धन, जाँदा जाँदै लेखिन् भावुक पोस्ट…

बलिउडमा अर्को शोक: अभिनेत्री दिव्या चौकसेको नि’धन, जाँदा जाँदै लेखिन् भावुक पोस्ट…

572 Shares

बलिउडमा फेरी अर्को शोक परेको छ । विगत साढे एक वर्षदेखि क्यान्सरसँग जुधिरहेकी अभिनेत्री, तथा गायिका दिव्या चौकसेको आइतवार नि’धन भएको छ ।

चौकसेको नि’धनको नि’धन भएको उनकी दिदी सौम्या अमिश वर्माले फेसबुक पोस्टमा’र्फत् जानकारी दिएकी हुन् ।यसअघि दिव्याले पनि १८ घण्टा अघि आफ्नो इन्स्टाग्राममा एउटा भावुक मेसेज लेखेकी थिइन् ।

सन् २०११ की मिस युनिभर्सकी प्रतियोगी दिव्याले सन् २०१६ मा उनले फिल्म अपना दिल तो आवाराबाट बलिउडमा डेब्यू गरेकी थिइन् । सन् २०१८ मा दिव्याले पटियाले दी क्वीन गीतसहित गायन क्षेत्रमा पनि पाइला चालेकी थिइन् ।

आफ्ना सम्पूर्ण शुभचिन्तकहरुलाई अभिनेत्री दिव्याले आफ्नो अन्तिम सन्देशमा लेखेकी छिन ‘म जे भन्न चाहन्छु त्यसका लागि शब्द पर्याप्त छैन । हुन त शब्द अत्यधिक छन् तर पनि कम छन् । म बेपत्ता भएको धेरै महिना भइसक्यो र प्रश्नको बाढी आइरहेको छ । म यतिबेला यो भन्न चाहन्छु कि म आफ्नो मृत्युशैयामा छु । हो, स्थिती यस्तै छ र म बलियो छु । त्यो जीवनका लागि जसमा संघर्ष छैन । कृपया केही प्रश्न नगर्नुहोला । तपाई मेरा लागि कति महत्वपूर्ण हुनुहुन्छ भने भगवानलाई मात्रै थाहा छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *