नेपालमा थप १४४ जनामा कोरोना संक्रमण देखियो

नेपालमा थप १४४ जनामा कोरोना संक्रमण देखियो

166 Shares

काठमाडौं: सोमबार नेपालमा थप १४४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १४४ जना संक्रमित थपिएका हुन् । योसंगै नेपालमा संक्रमितको कुल संख्या १६ हजार ९४५ पुगेको छ ।

पछिल्लाे २४ घण्टामा ५ हजार ८५६ जनाकाे पिसिआर बिधिबाट परिक्षण गरिएकाे छ । पछिल्लाे २४ घण्टामा १ हजार ७ सय ५ जनाले काेराेनालाइ जितेर घर फर्किएका छन् । हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १० हजार २ सय ९४ पुगेको छ ।

नेपालमा पछिल्लो विवरण अनुसार २३ हजार ४७० जना क्वारेन्टाइनमा रहेका छन् भने ६ हजार ६१३ जना आइसोलोसनमा रहेका छन् ।

त्यस्तै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ३० लाख ४९ हजार १०७ पुगेको छ । ५ लाख ७१ हजार ८०७ जनाकाे ज्यान गएकाे छ । संक्रमितहरुको सुचीमा अमेरिका, ब्राजिल, भारत र रुस क्रमश पहिलोदेखि चौथो स्थानमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *