प्रचण्डले गर्जर्दै भने, ‘नक्सा जारी गर्न मैले निर्देशन दिएको हुँ, पार्टीमा कोही दलाल, कोही महान राष्ट्रवादी छैन

प्रचण्डले गर्जर्दै भने, ‘नक्सा जारी गर्न मैले निर्देशन दिएको हुँ, पार्टीमा कोही दलाल, कोही महान राष्ट्रवादी छैन

29 Shares

पुप्प कमल दाहाल प्रचण्डले पार्टीमा कोही दलाल, प्रचण्डले पार्टीमा कसैलाई दलाल र कसैलाई महान राष्ट्रवादी भन्दै जिन्दावाद र मूर्दावादको नारा नलगाउन कार्यकर्तालाई आग्रह गरे ।

चितवनमा भएकाे एक कार्यक्रमा उनले भने, ‘यो पार्टीलाई एकतावद्ध राख्नु नै छ । यहाँ कोही राष्ट्रघाती दलाल, कोही महान राष्ट्रवादी भन्ने होइन । हामी सबै मिलेरै नाकाबन्दीको सामना गरेको हो । हामी सबै मिलेरै नक्सा बनाएको हो । के राष्ट्रवाद जिन्दावाद र मूर्दावादको कुरा हो ? पार्टीभित्र जिन्दावाद र मूर्दावाद भन्ने कुरा हो त ?’ अध्यक्ष प्रचण्डले पार्टी फुट्ने र कार्यकर्ताहरु यता उता दौडनुपर्ने अवस्था नआउने बताएका छन् ।
‘अस्ति मेरै नेतृत्व चलेको बैठकमा पहिलो एजेण्डा सीमा सुरक्षा र समाधान थियो । त्यहाँ मैले बोल्दा होस् या अरु सबैले बोल्दा, सरकारलाई धन्यवाद दिइएको छ । केपी ओलीलाई धन्यवाद दिइएको छ, पार्टीको निर्णयले मात्रै पुग्दैनथ्यो, प्रधानमन्त्रीको हैसियतले अन्त्यमा तपाईले औपचारिकता दिनुभयो, धन्यवाद भनियो ।’कोही महान राष्ट्रवादी नभएकाे नक्सा जारी गर्न मैले निर्देशन अाफूले दिएको बताएका छन् प्रचण्डले भने ।

उनले फेरि थपे, केही साथीहरुलाई लाग्यो, म लम्पसारवादी भएँ, यो लम्पसारवाद भयो, साथीहरुले कडा आलोचना गर्नुभयो । मैले संसदको रोस्टमबाट भनेको थिएँ, यो लम्पसारवाद होइन । यो हाम्रो आन्तरिक विवादको कुरा हो, भोलि इतिहासको घटनाक्रमले देखाउने छ, हो या होइन भन्ने कुरा ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *