श्रीमान र सासुले या’तना दिएपछि कल्पनाले गरिन आत्मह’त्या’

श्रीमान र सासुले या’तना दिएपछि कल्पनाले गरिन आत्मह’त्या’

25 Shares

जनकपुरधाम : श्रीमान र सासुले या’तना दिएकाले आफ्नी छोरी कल्पनाले झु’ण्डिएर आत्मह’त्या गरेकी उनकी आमा रिंकी पाण्डेले बताएकी छिन् । गत मंगलबार जनकपुरको विद्यापती चोकमा कल्पना ठाकुरले झु’ण्डिएर आत्मह’त्या गरेकी थिइन् । श्रीमान र सासुले दाइजोका लागि पटकपटक दिएको द’बाब सहन नसकेर असार २३ गते झुण्डिएर आत्मह’त्या गरेको दा’बी आमाले गरेकी हुन् ।

मृ’तक कल्पनाको विवाह महोत्तरीको महोत्तरी गाउँपालिका वडा नम्बर–२ डाम्ही महेशपुरका महेन्द्र ठाकुरको छोरा जितेन्द्र ठाकुरसँग २०७४ सालमा विवाह भएको थियो ।’ आमा रिंकीले भनिन् ‘विवाहमा ८ लाख रुपैयाँ दाइजो दिइएको थियौ । कल्पना केही महिनादेखि हामीसँगै बस्दै आएकी थिईन् । लकडाउनभन्दा पहिले छोरी र ज्वाईबीच जग्गा नामसारीको विषयलाई लिएर पटक पटक वि’वाद भएको थियो ।’

१५/२० दिन पहिले ज्वाई जितेन्द्र आफ्नो कार्यस्थल सर्लाहीको लालबन्दी फर्केपनि छोरी र ज्वाईको बीचमा फोनमा वि’वाद हुँदा कल्पना हुने गरेको आमा रिंकीको भनाई थियो ‘मेरो छोरीलाई ज्वाईले आफ्नो आमाको निर्देशनमा जग्गाका लागि पटकपटक या’तना दिँदै आएको थिए ।’ रिंकीले भनिन् । विवाह भएको एक वर्षदेखी नै ज्वाइले छोरीलाई या’तना दिएको आमा रिंकीको भनाई छ ।

‘ज्वाइले अपशब्द बोल्दै गा ली गर्थे, निरन्तरको मानसिक त नावले छोरीले अन्त्यमा मृ त्युको बाटो रोजेको मृ’तकका पिता दरोगा साहले बताए । ‘धनको लोभमा परेर उनी (जितेन्द्र) मेरो छोरीसँग विवाह गर्न राजी भएका थिए । मैले छोरीको नाममा जनकपुरमा जग्गा दिन पनि राजी भएको थिएँ तर जितेन्द्रकी आमाले तपाईं छोरीको नाममा नभई मेरो छोराको नाममा जग्गा रजिष्टे«शन गर्नुस भनेर द’वाव दिँदै आइरहेका थिए ।’ उनले भने

सासु र श्रीमानले दिएको तनाबकै कारण कल्पना माइती बस्दै आएकी थिइन् । जितेन्द्रले जबसम्म मेरो नाममा जग्गा पास हुँदैन तबसम्म घर लान्न भनेर कल्पनालाई फोनमा ध’म्की दिईरहेका थिए । मृ’तक कल्पनाका डेढ वर्षीय एक छोरा छ । जितेन्द्र र उनकी आमा माधुरी ठाकुर अहिले फरार भएका छन् । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *