अमेरिकामा एकैदिन भेटिए अहिलेसम्मकै धेरै संक्रमित

अमेरिकामा एकैदिन भेटिए अहिलेसम्मकै धेरै संक्रमित

71 Shares

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित हुनेकाे कुल संख्या दैनिक रूपमा तीव्र वृद्धि भइरहेकाे छ । त्यहाँ शुक्रबार हालसम्मकै बढी दैनिक संक्रमित फेला परेका छन् ।

विभिन्न तथ्यांक निकाल्ने संस्था वर्ल्डो मिटर्सका अनुसार अमेरिकामा शनिबार बिहानसम्म कुल संक्रमित संख्या २५ लाख ५२ हजार नाघेकाे छ । शुक्रबार एकै दिन मात्र त्यहाँ ४७ हजार ३४१ जनामा संक्रमण पुष्टि भएकाे छ । अमेरिकामा याे नै हालसम्मकै बढी दैनिक संक्रमणकाे केस रहेकाे बताइएकाे छ ।

अमेरिकामा पछिल्लाे समय काेराेना भाइरस संक्रमण तीव्र हुँदै गए पनि भाइरस कमजाेर हुँदै गएकाे बताइन्छ । किनकि संक्रमण दरकाे तुलनामा मृ’त्युदर घटिरहेकाे छ भने निकाे हुनेकाे संख्या पनि बढिरहेकाे छ । अझ सक्रिय उमेर युवाहरूमा संक्रमण बढी फैलिरहनुले याे कमजाेर हुँदै गइरहेकाे बताइन्छ ।

हाल अमेरिकामा काेराेना भाइरसका कारण मृ’त्यु हुनेकाे संख्या कम हुँदै गएकाे छ । त्यहाँ हालसम्म १ लाख २७ हजार ६४० जनाकाे भाइरस संक्रमणका कारण मृ’त्यु भइसकेकाे छ । शुक्रबार त्यहाँ काेराेनाबाट ६६३ काे ज्या’न गएकाे छ, बिहीबार पनि ६४९ जनाकाे मृ’त्यु भएकाे थियाे । मृ’त्युका के’सहरूमा भने दैनिक उ’तारचढाब जारी छ ।

तर अहिले अमेरिकामा निकाे हुनेकाे संख्या बढिरहेकाे छ । हालसम्म १० लाख ६८ हजारभन्दा बढी मानिस पूर्ण रूपमा निकाे भइसकेकाे जनाइएकाे छ । पछिल्लाे २४ घण्टामा (बिहीबार) त्यहाँ १६ हजार ४१० जना संक्रमणमुक्त भएका छन् । यद्यपि अझै १३ लाख ५६ हजारभन्दा बढीमा काेराेना भाइरस सक्रिय रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *