के तपाईंलाई सधैं जिवित रहने इच्छा छ? माथिको तस्बिरमा देखाइएको कक्षमा रहेका १५४ जनामा यस्तो इच्छा छ ।
भविष्यमा प्रविधिको विकाससँगै पुनर्जीवन प्रदान गर्ने उद्देश्यसहित अरिजोनास्थित कम्पनी ‘अल्कोर्’ले आफ्ना सदस्यलाई मृत्युपछि उनीहरूको शरीरलाई सशुल्क ‘शीत संरक्षण’ गर्ने सुविधा दिएको छ। त्यहाँ शरीरहरू तरल नाइट्रोजनमा -२०० डिग्री सेन्टिग्रेडमा भण्डार गरिन्छ । शीतविधि बाट गरिने यस्तो संरक्षणको लागि तपाईंले दुई लाख डलर तिर्नुपर्ने हुन्छ । पैसा जोगाउनु छ भने तपाईं आफ्नो शिर मात्रै पनि त्यहाँ जमाउन सक्नुहुन्छ ।
अहिले यसरी संरक्षण गरिएका शवलाई ब्युँताउँने कुनै उपाय त छैन तर पछि त्यसो गर्न सकिन्छ भन्नेमा अल्कोर् आशावादी छ।
संरक्षणका लागि प्रयोग गरिएका विधिहरू शरीरलाई हानिबाट जोगाउन र पछि ब्युँताउँन पर्याप्त छैनन् कि भनेर केही वैज्ञानिकहरूले शङ्का व्यक्त गरेका छन्।