मनिषा कोइरालाले भावुक हुँदै दिइन् यस्तो प्रतिक्रिया

मनिषा कोइरालाले भावुक हुँदै दिइन् यस्तो प्रतिक्रिया

152 Shares

बलिउडका चर्चित अभिनता सुशान्त सिंह राजपुतले आ’त्मह’त्या गरेपछि खबर बाहिरिएसंगै यतिबेला बलिउडसंगै सिंगाे कला क्षेत्र शाे’कमा डु’बेकाे छ । राजपुतले आ’त्मह’त्या खबरले बलिउडका चर्चित कलाकारले दुख ब्यक्त गरेका छन । अभिनेत्री मनिषा कोइरालाले राजपुतकाे निधनमा भावुक हुदै प्रतिक्रिया जनाएकि छिन् ।

यतिबेला जन्मभुमि नेपालमा रहेकि कोइरालाले राजपुतले आ’त्मह’त्या गरेको खबर सुन्दा आफू स्तब्ध भएको बताएकी छन्। ‘यो सुन्दा म निकै स्तब्ध भएँ… बिभिन्न विषयमा उनले गर्ने बहस म निकै मन पराउँथेँ… मेरो हार्दिक समवेदना! ओम शान्ति…,’ कोइरालाले सामाजिक सञ्जाल ट्विटरमा लेखेकी छन्।

सुशान्त सिंह आइतबार मुम्बाईस्थित आफ्नै घरमा झु’ण्डिएको अवस्थामा भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।  ३४ वर्षीय सुशान्तले के कारणले आ’त्मह’त्या गरे भन्ने विषयमा केही नखुलेको बताइएको छ।

मुम्बई प्रहरी अहिले उनको घरमा पुगेर अ’नुसन्धान सुरु गरेको छ।  उनी ६ महिनादेखि डि’प्रेसनमा रहेको भन्दै प्रहरीले डि’प्रेसनकै कारण उनले आ’त्मह’त्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ।

टेलिसिरियलबाट करिअर सुरुवात गरेका उनको पहिलो सिरियल ‘किस देशमे हे मेरा दिल’मा अभिनय गरेका थिए। उनको विशेष परिचय भने एकता कपुरको धारावाहिक सिरियल ‘पवित्र रिस्ता’बाट मिलेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *