नेपालमा थप १५६ जनामा संक्रमण देखियाे, संक्रमितको संख्या १०४२ पुग्यो

नेपालमा थप १५६ जनामा संक्रमण देखियाे, संक्रमितको संख्या १०४२ पुग्यो

586 Shares

काठमाडौं: नेपालमा थप १५६  जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लाे अध्यावधिक विवरण अनुसार बिहिबार नेपालमा थप  १५६   जनामा कोरोना देखिएको छ । यो संगै संक्रमितको संख्या १ हजार ४२  पुगेको छ ।

बिहिबार दिउसाे नियमित प्रेस ब्रीफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको सङ्ख्या १ हजार ४२ पुगेको जानकारी दिएका हुन् ।

जसमा मन्त्रालयकाे पछिल्लाे अध्यावधिक विवरण अनुसार कोशी अञ्चनल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा २५ जना संक्रमित भेटिएका छन्। जसमा झापाका रहेका छन्। भरतपुर अस्पतालमा गरिएको परीक्षणमा एकजना संक्रमित भेटिएका छन्।

काठमाडौंस्थित जनस्वास्थ्य ल्याबमा गरिएको परीक्षणमा धनुषमा २९ जना र महोत्तरीका १७ जनासहित ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। रौतहटका तीनजनामा पनि कोरोना पुष्टि भएको छ। त्यस्तै सप्तरीका १२ जनमा पनि कोरोना देखिएको छ। त्यस्तै सर्लाहीका ७ जना र सिरहाका६ जनामा पनि कोरोना देखिएको छ। दोलखाका दुईजनामा पनि कोरोना देखिएको छ। सोलुखुम्बु र बझाङका एकजनामा पनि कोरोना पुष्टि भएको छ।

प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा २३ जनामा कोरोना देखिएको छ। जसमा १३ जना संक्रमित सुर्खेतका रहेका छन्। त्यसैगरी दैलेखमा ८ जनामा कोरोना देखिएको छ। प्रादेशिक अस्पतालमा कास्कीमा गरिएको परीक्षणमा स्याङजाका तीनजनामा कोरोना देखिएको छ। सेती अस्पतालमा गरिएको परीक्षणमा दार्चुलाका एक र कैलालीका दुईजनामा कोरोना देखिएको छ।

त्यस्तै हेटौँडाको कीटजन्य प्रयोगशलामा गरिएको परीक्षणमा १ जना संक्रमित भेटिएका छन्। भेरी अस्पतालमा गरिएको परीक्षणमा बर्दियाका तीनजना र बाँकेका एकजनामा कोरोना देखिएको छ। धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा रौतहटका १७ जनामा कोरोना संक्रमण देखिएको छ।

यससँगै संक्रमितको संख्या १०४२ पुगेको छ। जसमा पुरुष ९४० जना र महिला १०२ जना रहेका छन्। कोरोना संक्रमितको संख्या बढेसँगै मृ’तकको संख्या पनि ५ पुगेको छ।

हालसम्म देशभर १ लाख २ हजार ३४ जनाकाे आरडीटि बिधिबाट कोरोना परिक्षण गरिएको छ। त्यस्तै देसभर ८६  हजार ५७ जना क्वारेन्टाइन रहेका छन् भने ८ सय ५० आइसोलेसनमा रहेका छन् । हालसम्म देशभर पुरुस १४४ र महिला ४३ जना गरि  १ सय ८७ जना डीसचार्ज भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *